Wednesday 11th February 2026

ल्हासा पुगे प्रधानमन्त्री ओली

8 years अगाडी

असार ८, २०७५ ल्हासा : चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङबाट शुक्रबार ल्हासा पुगेका छन्। चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डललाई तिब्बत सरकारका उपमन्त्री लिउ ज्याङले स्वागत गरेका थिए। प्रधानमन्त्री ओलीले ल्हासामा नेपाली समुदायसँग अन्तक्रिया गर्नुका साथै पोताला दरबार र जोखाङ मन्दिर अवलोकन तथा कृषि परियोजना निरीक्षणलगायत कार्यक्रममा सरिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। चीनको राजधानी बेइजिङमा बिहीबार द्विपक्षीय हित र चासोका विभिन्न सम्झौतापछि प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल ल्हासा आइपुगेको हो।

          June 22, 2018 4:16 pm | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...