लसुनको चियाले गर्नुहोस् दिनको सुरुवात, क्यान्सर, मुटुरोगजस्ता समस्याबाट जोगाउँछ
लसुनमा एन्टिबायोटिक तत्व भरपुर मात्रामा पाइन्छ जसले शरिरमा रोगप्रतिरोधी क्षमताको विकास गर्दछ । लसुनलाई तरकारीमा हालेर खानुका साथै यसको चिया पनि बनाउन सकिन्छ । यसमा एन्टिबायोटिक र एन्टिअक्सिडेन्ट गुण भएका कारण यसको चियाले शरिरलाई निकै फाइदा पुर्याउँछ । यसले मुटुरोग र क्यान्सरका साथै विभिन्न रोगबाट जोगाउँछ । लसुनको चिया पिउनुका फाइदा यस्ताः
मोटोपना कम गर्छः यसले शरिरमा भएको टक्सिन बाहिर निकाल्न सहयोग गर्दछ जसका कारण शरिरमा अतिरिक्त बोसो जम्मा हुन दिँदैन । फलस्वरुप, तौल नियन्त्रणमा रहन्छ ।
रुघा–खोकीबाट राहतः यसले एन्टिबायोटिकको रुपमा काम गर्छ । त्यसकारण यसले रुघा–खोकीजस्ता रोगको खतरालाई कम गर्छ ।
दाँत दुखाईमा राहतः लसुनमा एन्टि ब्याक्टेरियल तत्व हुन्छ त्यसकारण दाँतमा पीडा हुँदा लसुनको पेष्ट लगाइन्छ । यस्तो अवस्थामा यदि लसुनको चिया खानुहुन्छ भने तपाईंलाई दाँत सम्बन्धि समस्या हुँदैन ।
प्रतिरोधी क्षमतामा वृद्धिः यसले शरिरमा टी–सेल्स, फेगोसाइट्स, लिन्फोसाइट्स आदि तत्व पाइन्छ जसले रोग प्रतिरोधी क्षमता वृद्धि गराउन सहयोग गर्दछ ।
मुटुरोग लाग्नबाट जोगाउँछः यसले शरिरको उचित रक्तसंचारमा सघाउ पुर्याउँछ जसका कारण कोलेस्ट्रोल कम हुन्छ । त्यसैले यसको सेवनले मुटुरोगको सम्भावना निकै कम हुन्छ ।
छाला स्वस्थ रहन्छः यसमा भिटामिन ए, बीवान, बीटु र सी अत्यधिक मात्रामा पाइन्छ जसले छालालाइ स्वस्थ राख्न सहयोग गर्दछ ।
क्यान्सरबाट जोगाउँछः लसुन राम्रो एन्टिअक्सिडेन्ट हो जसले फ्रि रेडिकल बन्न रोक्छ । यसले क्यान्सरको सम्भावना कम हुन्छ ।
पाचन तन्त्र बलियो बनाउँछः लसुनमा पाइने ‘एलायसिन’ नामको तत्वले पेट सम्बन्धि समस्यालाई समाप्त गरेर पाचनतन्त्रलाई बलियो बनाउँछ ।
कसरी बनाउने लसुनको चिया ? : सामग्रीः लसुन एक ग्लास पानी एक चिम्टी काटेको अदुवा एक चम्चा कागतीको रस एक चम्चा मह
कसरी बनाउने ? : सबैभन्दा पहिले पानीलाई उमाल्नुहोस् त्यसपछि काटेको अदुवा र लसुनलाई पिनेर हाल्नुहोस् । यसलाई १५ देखि २० मिनेटसम्म उमाल्नुहोस् । त्यसपछि ग्यास बन्द गरेर १० मिनेटसम्म सेलाउन दिनुहोस् । अब यो पानीलाई छान्नुहोस् र एक चम्चा कागतीको रसलाई एक चम्चा मह मिसाएर पिउनुहोस् ।
कहिले पिउने ? : यसलाई बिहान खाली पेटमा पिउनुहोस् ।
June 24, 2018 12:03 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण