Monday 29th December 2025

गैर आवासीय नेपाली संघ साउदी अरबद्वारा बिमारी धर्मनाथ लाई आर्थिक सहयोग

8 years अगाडी

तेज थापा,

साउदी अरब – गैर आवासीय नेपाली संघ साउदी अरबले बिमारि धर्मनाथ पासवानको परिवारलाइ रू ७२,७२४/- बहत्तर हजार सातसय चौविस रूपैया नगद आर्थिक सहयोग गरेको छ । एनआरएनए पुर्वी क्षेत्र क्षेत्रिय समन्वय समितिका कोषाध्यक्ष चित्र कुमार राइको नामबाट बिरामी धरम नाथ पासवानको पत्नि ललिता देवी पासवानलाइ युनाइटेड रेमिट बैंकबाट बिप्रेषण गरि आज बिहान रकम पठाइएको एनआरएनए एनसिसि साउदी अरबका केन्द्रिय सदस्य भोला पौडेलले हामीलाइ बताए । 

मुस्लिम धर्मालम्विहरूको महान पर्व ‘ईद उल फितर’को अवसर पारी गैर आवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिति पुर्वी क्षेत्रले मैत्रिपुर्ण फुटवल प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितमा लागेको कुल खर्च कटाइ बचेको रकम पिडित पासवानको परिवारलाइ आर्थिक सहयोग स्वरूप प्रदान गरिएको आयोजक कमिटिले जनाएको छ । 

पुर्वी प्रान्त अलहासा स्थित किंग फाहद हस्पिटलमा उपचार गराइ रहेका पासवान साउण्ड लाइन रिक्य्रुटमेन्ट म्यानपावरबाट प्रति महिना ८०० साउदी रियाल तलवमा सम्झौता गरि ११ मर्इ २०१४ मा अव्दुल्ला सैयद अल घाम्दि इस्ट कम्पनि काम गर्न भनि साउदी अरब आएका थिए । करार बमोजिम कम्पनिबाट तलव सेवा सुबिधा नपाउदा तनावमा परेका उनि २६ फेब्रुअरी २०१७ को राती अलहासाको सल्मानिया सडक दुर्घटनामा परि गम्भिर घाइते भएका थिए । 

बिगत करिव डेट वर्षदेखी हस्पिटलको बिरामि सैयामा रहेका पासवानको घरको अवस्था पनि निकै दयनिय छ । जनकपुर उप महानगरपालीका बडा नम्बर २० रूपराबैठा, धनुषा स्थाइ घर भएका पासवानको बृद्ध बाबा-आमा, श्रीमति र नाबालक छोरा छोरीहरूको आयश्रोत केहि छैन । हस्पिटलले उनको उपचारमा लागेको सम्पुर्ण रकम (करिव १८५०८५ साउदी रियाल) नतिरे सम्म डिस्चार्ज नगर्ने अड्डि कसेको छ साथै बिल दिनानु बढ्ने क्रम जारी भइरहदा त्यति ठूलो रासि घरबाट पठाउन सक्ने प्रायः असम्भव नै देखिन्छ । 

एनआरएनए साउदी अरबले धरम नाथको उद्धारका लागी आफ्नो माथिल्लो निकाय आइसिसि र नेपाली राजदुतावास रियाद साउदी अरबलाइ पत्राचार गरि अनुरोध गरेको संघका अध्यक्ष नाराणय पासवानले जनाए । त्यसैगरि आइसिसि सदस्य धरम के. सी.ले समेत उनको केसलाइ नजिकबाट नियाल्दै र उद्धारका सम्भावित बाटाहरू कोट्याउदै आइरेका छन् भने नेपाली राजदुतवास रियादले धरम नाथको उपचार खर्च मिनाह गर्न सम्बन्धित निकायहरूमा अनुरोध र पहल गरेको बताए पनि हालसम्म ठोस प्रगति हुन सकिरहेको छैन । केसको प्रकृति र जटिलतालाइ मध्य नजर गरि नेपाल सरकार, वैदेशिक रोजगार प्रबर्द्धन बोर्ड र स्वम श्रम मन्त्रीज्युको समेत ध्यानाकर्षण हुनुपर्ने देखिन्छ । वैदेशिक रोजगार ऐन २०६४ अनुसार पिडित पासवानलाइ न्याय दिलाउन सके श्रम मन्त्रीज्युको भाषण जस्तै कार्यको थालनिमा विश्वसनियता बढ्ने थियो ।

हस्पिटलले उपचार खर्च नलिइ पासवानलाइ नछाड्ने र सम्बन्धित निकाय र सरोकारवालाहरूले खर्च मिनाहा गर्न नसके, लागेको खर्च जुटाउन नसके वा बैकल्पिक बाटाहरू नभए के आजिवन धरम नाथ हस्पिटलमै सड्ने हुन् त ? वा पासवान कहिले सम्म नेपाल फर्कने होलान् त्यो भविष्यले नै बताउने छ ।

          June 25, 2018 12:45 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...