अर्जेन्टिनाले क्रोएसियासँग हारेपछि २० वर्षीय नेपाली युवाले गरे आत्महत्याको प्रयास
पाँचथर, असार ११- रसियामा जारी विश्वकप फुटवलमा अर्जेन्टिनाका फ्यान रहेका पाँचथरका एक युवकले आत्म हत्या प्रयास गरेका छन ।
क्रोएसियासँग ३–० गोल अन्तरले अर्जेन्टिना पराजित भएपछि हारको पीडा सहन नसकेर जिल्लाको याङवरक गाँउ पालिका ५ का २० वर्षीय रामकुमार तावाले आत्महत्याको प्रयास गरेका हुन ।
उनका भाई लक्ष्मणका अनुसार खेलकुदका निकै हिमायति रामले अर्जेन्टिनाको हारपछि रातीदेखि नै पटक पटक आत्म हत्या प्रयास गरिरहेका थिए । ‘म व्राजिलको पक्षमा वकालत गर्थे भने दाई अर्जेन्टिनाका पक्षमा वकालत गर्थे, यसैविच गएराती अर्जेन्टिनाले क्रोएसियासँग पराजित भएपछि उनी निकै भावुक वने ।’ लक्ष्मणले भने ।
दिनभरी आफुसँगै रहेका दाजुले एक्लै हुनासाथ दिँउसो ३ वजे घरको तलामाथि चढेर घाँटीमा डोरी लगाइ आत्महत्याको प्रयास गरेका थिए |डोरी लगाएर सिलिङमा झुण्डिएपछि आफुहरुले देखेर उद्धार गरी अस्पताल ल्याएको पनि उनको भनाई छ ।
गम्भिर अवस्थामा रहेका तावाको पाँचथर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि झापा तर्फ रेफर गर्नका साथै घट्नाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
June 25, 2018 6:14 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :