

चर्चाको विषय : मेस्सीको ‘खेल’ र ओलीको ‘रेल’, पूरा होला त दुवैको सपना ?

- नवीन राई
काठमाडौं । अहिले नेपालमा धेरै चर्चाको रुपमा रहेको रुसमा जारी विश्वकप ‘खेल’ र प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण तथा ‘रेल’ हो । रुसमा जारी विश्वकपले एक-अर्काको समर्थकहरूमा दोहोरी नै चलेको छ- सामाजिक सञ्जालमा । हुन त विश्वकपलाई फुटबलको महाकुम्भ मेला भनेर पनि भनिन्छ, त्यसैले पनि विश्वकप फुटबलको त चर्चा हुन्छ नै । विश्वकपसँगै नेपालमा अहिले अर्को मुख्य चर्चाको विषय बनेकाे छ- ‘रेल’।
रेल नेपालमा अहिले चर्चाको विषयमा रहुन कारण प्रधान्मत्री केपी शर्मा ओलीको ६ दिने चिन भ्रमणले हो, चीनले नेपालमा रेल बनाइदिने उद्घाेस गरेकाे छ। उता दक्षिणी छिमेकी भारतले पनि काठमाडाैँ सम्म रेल वे बिछ्याइदिने बताइरहेकाे छ । नेपालीहरू भने रेलकाे सपना देखेर मख्ख छन् । तर अाखिर के याे सपना पूरा हाेला त ? कति समय लाग्ला ? यसबारे चर्चा र बहस जारी छ ।
मेस्सीको ‘खेल’
जारी विश्वकपको धेरै चर्चामा रहेको टिम हो- अर्जेन्टिना । अहिले अर्जेन्टिनाको र मेस्सीको धेरै चर्चा भएको पाइन्छ । सन २०१४ को उपविजेता बनेको अर्जेन्टिनालाई जारी विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न पनि निकै कठिन देखिएको छ । मेस्सीलाई विश्व फूटबलका सर्वेश्रेष्ठ खेलाडी मान्छन् । तर रुस विश्वकपमा भने अहिलेसम्म अर्जेन्टिनाको तर्फबाट जाँदू देखाउन सकेका छैनन् ।
स्टार भएका कारण नै विश्वकप सुरु हुनुभन्दा पहिला लियोनल मेस्सीको न्यूयोर्कको एक पत्रिकाले फोटोशूट गरेको थियो । फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । पत्रिकाले बाख्रासँगको मेस्सीको फोटो छापेको थियो । साथै उक्त म्यागेजिनले मेस्सीको नामको तल G..O..A…T ‘गट’ लेखेको थियो । G..O..A…T अर्थात् बाख्रा नभएर ‘greatest of all time’ (सधैँ सर्वश्रेष्ठ) हाे ।
तर विश्वकपमा भने नवप्रवेशी आइसल्याण्डसँगको खेलमा पेनाल्टी हान्न चुके उनी । त्यसपछि उनको विभिन्न ट्रोल बेनको छ । अब मंगलबार राति हुने खेलले पनि अर्जेन्टिना र मेस्सीको धेरै चर्चा भइरहेको छ । मंगलबार हुने खेलले अर्जेन्टिना अन्तिम १६ मा पुग्ने नपुग्ने भन्ने टुगों लाग्ने छ ।
दुईवटा खेलमा खराब प्रदर्शन गरेको अर्जेन्टिनाले बाँकी खेलमा राम्रो प्रदर्शन गर्ने सबैले आसा राखेका छन् तर प्रदर्शन कस्तो गर्छ भन्ने भोलि राति हुने नाइजेरियासँगको खेलले नै बताउने छ । कतिले अर्जेन्टिना कम्जोरी हुनुमा प्रशिक्षक जर्ज साम्पाओलीको कम्जोरी बताएका छन् । अर्जेन्टिनाको प्रदर्शन कम्जोरी भएपछि प्रशिक्षक जर्ज साम्पाओली बर्खास्तमा पर्नसक्ने खबरहरू पनि आए ।
प्रशिक्षक कमजोर भएको भन्दै नाइजेरियाविरुद्ध खेल्ने टिमको टुंगो लिओनल मेस्सीसहितका खेलाडीहरू आफैँले लगाउने भएका छन् । शनिबार खेलाडीहरू र प्रशिक्षकको बैठकले यस्तो निर्यण निकालेको हो ।
हिजो ‘जुलाई २४’ मा मेस्सीको जन्मदिन थियो । आफ्नो जन्मदिनमा उने अर्जेन्टिनालाई विश्वकपको उपाधि नदिलाई खेलमा सन्यास नलिने बताएका छन् । यो पनि देश विदेशको सञ्चार माध्यमा चर्चाको विषय बनेको छ । आफ्नो ३१औँ जन्मदिनका अवसरमा मेस्सीले फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता विश्वकप उपाधि अाफ्नाे देशलार्इ नदिलाउन्जेल आफ्नो ‘बुट’ नथन्काउने बताएका छन् । उनले यसलार्इ सपनाकै रूपमा लिएर त्याे पूरा गरिछाड्ने बताए ।
अन्य टिम र देशको पनि चर्चा नभएको भने होइन तर अर्जेन्टिना र मेस्सीको जतिके चर्चामा आएको पाइन्दैन । ब्राजिलको नइमार, बेल्जियमका रामेलु लुकाकु, पोर्चुगलको रोलन्डो, नाइजेरियाका मुसा र अन्य देश र खेलाडीहरू पनि चर्चामा रहेका छन् ।
ओलीको ‘रेल’
असार ५ गतेदेखिको ६ दिने चीन भ्रमण सकेर स्वदेश पर्किएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले रेलकाे सपना निकै बाँडेका छन् ।
उनले भ्रमणका क्रममा भएका महत्त्वपूर्ण सम्झौता उल्लेख गर्दै रेलमार्ग निर्माण सम्झौता चिनियाँ राष्ट्रपतिको चाहना र नेपालको आवश्यकता अनुरूप रहेको बताएका छन् । अहिले सम्भाव्यता अध्ययनको क्रममा रहेको रेलमार्ग केही वर्ष भित्रमा नेपाल आउने जिकिर समेत गरेका छन् ।
रेलका कुराको काठमाडौँमा ठूलै चर्चा थियो । प्रधानमन्त्री ओलीले नेपालमा चिनिया रेल ल्याउने सम्झौता नै गरेर फर्कनेछन् भनेर विश्वास गर्नेहरू पनि धेरै थिए । सम्झौताको नभए सहमतिपत्रमा हस्ताक्षर भएकाले पनि चिनिया राष्ट्रपतिले रेलमार्गको नेपाली सपनालाई कार्यान्वयन गरिने संकेत दिएकाले रेल आउने पक्का भएको छ भन्दा फरक नपर्ला !
सम्भव होला मेस्सीको र ओलीको सपना ?
मेस्सीको सपना
अर्जेन्टिनी स्टार मेस्सीको ठूलो सपना भने आफ्नो देशलाई विश्वपकको उपाधि दिलाएरै छाड्ने । उनले बार्सिलोना क्लबमार्फत धेरै उपाधि दिलाएका छन् तर देशको लागि भने ठूलो उपाधि दिलाउन सकेका छैनन् ।
तीनवटा ठूला उपाधिको फाइनलमा पुगेको अर्जेन्टिनालाई यसपाली कतिले त अभागी टिमको रूपमा पनि लिएका छन् । आज भन्दा चार वर्षअगाडि ब्राजिलमा भएको विश्वकपमा पनि जर्मनीसँग थप समयमा १-० गोलो हार बेहोरेको थियो ।
उनले जन्मदिनमा विश्कपको उपाधि नदिलाई सन्यास नलिने बताएका छन् । तर मेस्सीको टिम कमजोर छ । विश्वकपको उपाधि भने यो पालामा दिलाउन निकै गाह्रो रहेको देखिन्छ । विश्वकपको छनोट हुँदा पनि मुस्किलले छनोट भएको अर्जेन्टिनाले विश्वकपमा पनि राम्रो प्रदर्शन गर्ने सकेको छैन ।
हिजो अाइतबार ३१ औँ जन्मदिन मनाएका मेस्सी अब कतारमा हुने सन २०२२ को विश्वकपमा भने भाग लिने सम्भावना धेरै छ । यसपालिको विश्वकप र कतारमा हुने अागामी विश्वकपमा मेस्सीले विश्वकप उपाधि जर्नेन्टिनालाई दिलाएनन् भने उनको सपना अधुरै रहेन छ । तर मेस्सीले विश्वकपको उपाधि नजिताए पनि उनले विश्वको सर्बश्रेष्ठ खेलाडीको रूपमा भने स्थान बनाइसकेका छन् ।
ओलीको सपना
नेपालमा चिनियाँ रेल ल्याउने कुरा गर्नु जति सजिलो छ, त्यो सपना पूरा गर्न निकै कठिन पनि छ । त्यसका लागि अहिल्यैदेखि बृहत गृहकार्य गर्नु आवश्यक छ । चिनियाँ रेललाई नेपालसम्म ल्याउने काम भौगोलिकरूपमा जटिल त छ नै लगानीकाे विषय पनि उत्तिकै पेचिलाे छ ।
नेपालमा रेलबारे जानकारी राख्ने विशेषज्ञहरू छैनन् । अहिलेको सरकारी कर्मचारीको संरचनाले यो काम गर्न पनि सक्तैन ।रेल चढेर घुम्न सकिएला । तर प्रधानमन्त्री ओलीकै पालामा रेल नआए पनि यसको सुरुवात गर्ने श्रेय चाहिँ इतिहासले ओली र चिनिया राष्ट्रपति सीलाई नै दिनेछ ।
हामी भू-राजनीतिको एउटा अप्ठयारो स्थितिभित्र च्याप्टिएर बसेका छौं । हाम्रो देशका निर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगाको तरुल संज्ञा दिएका थिए । अचेल तरुल बुझ्ने मानिसहरू कम हुँदै गइरहेको आधुनिक युगमा ‘नेपाललाई उत्तरमा चीन र दक्षिणमा भारतबीच स्यान्डविच’ जस्तो रोटी मान्न थालेका छन् । हामीले विदेशतिर नेपालको परिचय दिँदा पनि हामी उत्तर र दक्षिणका शक्तिशाली राष्ट्रबीच स्यान्डविच भएर बाँचिरहेका छौं भन्छौं ।
June 25, 2018 6:31 pm | विचार/ब्लग
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा भैरहँदा प्रहरीले भन्यो, ‘अहिलेसम्म पक्राउ परेका छैनन्’

थरीथरीका आन्दोलनले काठमाण्डौको जनजीवन प्रभावित, मुख्य सडकमार्गमै हप्तौंदेखि अवरोध

टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा कुवेतसँगको खेलमा नेपाल टस जितेर फिल्डिङमा

