गर्मीमा कोल्ड ड्रिंक्स होइन, यसरी बनाउनुस् कागती र पुदिनाको सर्बत
जाडोको तुलनामा गर्मी याममा शरीरमा पानीको आवश्यक्ता बढी हुन्छ । गर्मीमा पसिना धेरै बग्छ । बाह्य वातावरण सुख्खा हुन्छ । त्यही कारणले पनि शरीरमा पानीको सन्तुलन मिलाउनु पर्ने हुन्छ । तर, हामी सादा पानी पिउन त्यती जाँगर देखाउँदैनौ, जति बजारमा पाइने कोल्ड ड्रिंक्स पिउन जाँगर चलाउँछौं ।स्वादिलो र छरितो कोल्ड ड्रिंक्सले प्यास त मेटाउँछ, तर शरीरमा पानीको आवश्यक्ता पुरा गर्दैन । अझ बेफाइदा त के भने, कोल्ड ड्रिंक्स स्वास्थ्यका लागि लाभदायक हुन्न ।
त्यसैले गर्मीमा स्वाद पनि लिने, शरीरमा पानीको मात्रा पनि पुरा गर्ने विकल्प हो, सर्बत । घरेलु विधीबाट सजिलै तयार पार्न सकिने सर्बत स्वास्थ्यका लागि पनि सर्बोत्तम मानिन्छ ।गर्मीबाट राहत दिनका लागि हामीलाई प्रकृतिले कागति दिएको छ । त्यस्तै यतिबेला पुदिना पनि पाइन्छ । कागती, पुदिना र अदुवाको सर्बत सजिलै बनाउन सकिन्छ, जो स्वादिलो हुनका साथै स्वस्थ्यबर्द्धक पनि । चिनी, बीरे नुन पनि यसमा मिश्रण गर्नुपर्छ । यद्यपी यसमा चिनी भन्दा मह वा सख्खरको प्रयोग गर्नु उत्तम हो ।
आवश्यक सामग्री – कागती दाना मध्यम आकारको – पुदिनाको पात – अदुवा (लाम्चो काटिएको) – बीरे नुन – चिनी (मह वा सख्खर भए राम्रो)
कसरी बनाउने ?
१. चिनीलाई एक गहिरो भाँडामा राख्ने र त्यसमा एक तिहाई पानी मिसाउने ।
२. चिनीलाई घोलेर पकाउने । यो घोल औंलामा लिएर खेलाउँदा आपसमा टाँसिने हुनुपर्छ । अब उक्त घोललाई सेलाउन दिने ।
३. कागती निचोरेर रस निकाल्ने । पुदिना र अदुवालाई मिक्सचरमा पिस्ने । तर, त्यसमा पानी नहाल्ने बरु चिनीको घोल थोरै मिसाइदिने ।
४. अब चिनीको घोलमा पुदिना र अदुवाको मिश्रण, कागतीको रस, बीरे नुन मिसाउने । त्यसलाई राम्ररी घोल्ने ।
(यसलाई माटोको भाँडोमा भण्डारण गरेर आवश्यक्ता अनुसार पानी मिसाएर पिउन सकिन्छ ।)
June 26, 2018 10:34 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण