(भिडियो सहित),पल शाहकी बहिनी आईन अभिनयमा, पहिलो म्यूजिक भिडियो सार्वजनिक
चर्चित नायक पल शाहकी बहिनी रोशनी राज्यलक्ष्मी शाह पनि अभिनयमा आएकी छन् । उनि अभिनित पहिलो म्यूजिक भिडियो ‘रेल गाडी’ सार्वजनिक भएको छ यो गीतमा गायक इरोज लामाको स्वर रहेको छ भने फिचरिङ्ग अविनाश घिसिङ्गले गरेका छन् । संगीत पनि इरोज आँफैले दिएका छन् रोशनीले पहिलो भिडियोबाट नै दाजुजस्तै आफु पनि अभिनयमा दमदार रहेको प्रमाणित गरेकी छन् । भिडियोमा उनि अनुराग ठकुरीसँग अभिनय गरेकी छन् । अनुरागले पनि यसै भिडियोबाट अभिनयमा डेब्यू गरेका हुन् । यि दुवै नव-कलाकारले यो डान्सिङ्ग भिडियोमा आकर्षक नृत्य गरेका छन् ।गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । पछिल्ला दिनहरुमा निर्देशक सुवेदीसँग मात्र म्यूजिक भिडियोमा अभिनय गरिरहेका पलले आफ्नी बहिनीलाई डेब्यू गराउने जिम्मा सुवेदीलाई नै दिएका हुन् ।
नायक पल शाह र निर्देशक विकास सुवेदीको सम्बन्धमा दरार आएको हल्ला आईरहेको बेला सुवेदीले पलको बहिनीलाई भिडियोमा अभिनय गराउँदा ति हल्लाहरु गलत साबित हुने देखिएको छ । आफुहरुको आत्मिय सम्बन्ध यथावत रहेको प्रमाणित गर्न यो भिडियो काफी देखिएको छ । त्यसो त नेपालका चर्चित निर्देशकहरुले म्यूजिक भिडियो अफर गरेतापनि पलले सुवेदीलाई नै बिश्वास गरी आफ्नी बहिनीलाई अभिनयमा डेब्यू गराउने मौका दिएका हुन् ।निर्देशक सुवेदीले सँधै चल्तीका कलाकारलाई मात्र लिएर भिडियो निर्माण गर्नुभन्दा पनि नयाँ प्रतिभाहरुलाई स्थान दिनुपर्छ भन्ने मान्यताले आफुले यसपटक दुवैजना नयाँ कलाकार राखेको बताए । यसअघि सुवेदीले डान्सर शुसान्त खत्रीलाई लिएर बनाएको म्यूजिक भिडियो ‘मंगली’ सर्वाधिक चर्चामा छ, जसले रिलीजको पाँच दिनमा नै बीस लाख बढि यूट्युब भ्यूज पाईसकेको छ ।भिडियोमा अनिक के. मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ भने कोरियोग्राफी कलाकार अनुरागले नै गरेका छन् । भिडियोमा बाग्लुङ्गको डान्स ग्रूप ‘साइनिङ्ग डान्स ग्रूप’को समेत नृत्य रहेको छ । भिडियो हेर्नुहोस्:
June 26, 2018 12:40 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।