Sunday 28th December 2025

एनआरटिएनसि नेपाली समाज साउदी अरबको चौथो अधिबेशन सम्पन्न ।

8 years अगाडी

तेज थापा,
साउदी अरब – एनआरटिएनसि नेपाली समाज साउदी अरबको चौथो अधिबेशनले बिष्णु पोख्रेलको अध्यक्षतामा १३ सदस्यिय समिति निर्बिरोध चयन गरेको छ । देवि खतिवडा बरिष्ठ उपाध्यक्ष रहेको सो समितिमा उपाध्यक्षमा कमल थापा र महासचिवमा पेशल कुमार राइ निर्वाचित भएका छन् । त्यसैगरि मोहित साफी सचिव, मिन कुमार कोङ्गरेन सहसचिव, नरेश कुमार यादव कोषाध्यक्ष, त्रिबेणी महत्तो सहकोषाध्यक्ष र खेमराज आचार्य प्रवक्तामा छनौट भएका छन् भने केन्द्रिय सदस्यहरूमा पवितर मण्डल, रामऔतार मुखिया, रामलखन शाह, प्रेम कुमार पासवान, हर्क लिम्बु, बाबुराम रानाभाट रहेका छन् ।


संस्थापक अध्यक्ष राम गुरूङ, उपाध्यक्ष तेज थापा, कोषाध्यक्ष खिम गर्वुजा, सहकोषाध्यक्ष रतन लिम्बु, सल्लाहकार ओम घले, डमर यावदको अतिथ्यमा महाधिबेशन गत गत शुक्रबार साउदी अरबको पूर्वी प्रान्त अल-खोबर स्थित क्लासिक होटेलमा सम्पन्न भएको थियो । निबर्तमान अध्यक्ष प्रेम थापा सभापतित्व रहेको कार्यक्रमलाइ महासचिव धन मेचे र प्रबक्ता पेशल कुमार राइले संचालन गरेका थिए ।


प्रवासमा भइपरि आउन सक्ने आपत-बिपतहरूलाइ एक-आपसमा सहयोग पुर्याउने उदेश्यले सन २०१० एनआरटिएनसि नेपाली समाजको स्थापना भएको निवर्तमान महासचिव धन मेचेले जानकारी दिए । मेचेका भनाइ अनुसार मृगौला पिडित समाजका सदस्य नर ब. गुरुङको मृगौला प्रत्यारोपणका लागि पचास हजार रूपैया नगद सहयोग गरिएको, सडक दुर्घटनामापरि पिता र भाइको मृत्यु भएका दुरामशोभित मण्डललाइ ९१३/- नगद साउदी रियाल सहयोग गरिएको, दुबै मृगौला खराव भै मृत्यु भएका हर्क ब. थापाको श्रीमती देउकला थापालाइ नदगद ९० हजार ६ सय रुपैया सहयोग गरिएको हामिलाइ बताए ।

मेचेले थपे “साउदी अरब मात्रै नभएर नेपालमा भएका दैबिक प्रकोप र महाभुकम्पहरूमा समेत समाजले सहयोग र राहात उपलव्ध गराउदै आएकोछ – महा-भुकम्पद्वारा क्षतिग्रस्त घरहरू पुनरनिर्माण गर्न समाजले प्रतिक अधिकारी, ओम घले र नर ब. गुरुङ लगायतका सदस्यहरूलाइ जनही पच्चिस हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको, भुकम्पद्वारा क्षेत्रिग्रस्त बिध्यालयहरूलाइ पाचलाख रूपैया नगद जुटाइ विधालय भवन निर्माणका लागि टिनका जस्ता पाताहरु समेत वितरण गरिएको जनाए ।

          June 27, 2018 12:03 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...