गाडीका नाममा सरकारको खर्चै खर्चः १४ वर्षमा सकियो ५४ अर्ब
8 years अगाडी
Nepal Drishti
काठमाडौं – आजको नयाँ पत्रिकाले प्रधानमन्त्री, मन्त्रीदेखि कर्मचारीसम्मको गाडी मोहबारेको एक तथ्यांकीय सामग्री प्रकाशित गरेको छ । नयाँ पत्रिकामा प्रकाशित समाचार अनुसार गाडी खरिद, इन्धन र मर्मतका नाममा १४ वर्षमा ५४ अर्ब रुपैयाँ खर्च भएको छ ।
२३ अर्ब १४ करोड खरिदमा खर्च भएको छ भने इन्धन खर्च १७ अर्ब ६६ करोड भएको छ । मर्मतमा पनि उत्तिकै खर्च छ । १४ वर्षको हिसाब हेर्ने हो भने मर्मत शीर्षकमा मात्रै १२ अर्ब ९१ करोड रुपैयाँ सकिएको छ ।
मनपरी गाडी खरिद गर्ने सरकारले अहिलेसम्म कतिवटा गाडी किन्यो, ती कहाँ कहाँ प्रयोग भइरहेका छन् भन्ने यकिन तथ्यांक छैन ।
भएकामध्ये कति चालू अवस्थामा छन् र कति नचल्ने अवस्थामा पुगे भन्नेबारे पनि सरकार बेखबर छ ।
June 27, 2018 1:27 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
Loading...