Friday 13th February 2026

यतिधेरै फाईदा गर्मीको समयमा उखुको जुस खानुको

8 years अगाडी

काठमाडौँ । गर्मी मौषममा मानिसहरु उँखुको जुस शितलताका लागि पिउँने गर्दछन् । यसको जुस पेय पदार्थले गर्मी हटाउन मात्र होइन अन्य थुप्रै फाइदा छन् । उखुको जुसमा क्याल्सियम, क्रोमियम, कोबाल्ट, म्याग्नेसियम, फस्पोरस, पोटासियम एवं जिंक जस्ता खनिज हुन्छ।

उखुको जुस खानुका यस्ता फाइदा : उखुको जुस पिउनाले प्रोस्टेट र स्तन क्यान्सरबाट बचाउँछ। उखुको रसमा प्रशस्सत प्रोटिन हुन्छ। यसलाई नरिवलको पानीमा मिलाएर पिउँदा युरिन इन्फेक्सन् एसिडिटी वा पत्थरी लगायतका समस्याबाट मुक्ति पाउन मद्वत गर्छ।

उखुको जुसले शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धी गराउँछ। उखुको रसमा हुने पोटासियमले पाँचन प्रणाली राम्रो हुन्छ। उखुको रसमा खनिजको मात्रा उच्च हुन्छ जसले हाड र दाँत बलियो बनाउँछ। उखुको रसमा प्रोटिनको मात्रा उच्च हुन्छ। यसले प्रोटिनको कमीबाट आउने ज्वरोबाट पनि बचाउँछ।

          June 27, 2018 2:51 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...