Sunday 28th December 2025

हेटौंडा जर्नालिजम अवार्ड युएईको दुबईमा भव्यताका साथमा सम्पन्न

8 years अगाडी

युएई । हेटौंडा जर्नालिजम अवार्ड गत शुक्रबार युएईको दुबईमा भव्यताका साथमा सम्पन्न भएको छ । पत्रकारहरुको सम्मान तथा पेशागत गरिमालाई उच्च पार्न हेटौंडामा हुन लागेको कार्यक्रमलाई अन्तर्राष्ट्रियकरण गर्ने पहिलो प्रयास स्वरुप दुबईमा आयोजना गर्न सफल भएको युएईका स्थानीय आयोजक समुहका समिम खानले जानकारी दिएका छन् । यसभन्दा पहिले पनि भव्य कार्यक्रमहरु आयोजना गरिसकेका एनआरएन आइसिसि सदस्य मनोज गोर्खाली, प्रदेश नम्बर ३ एकता समाजका अध्यक्ष भिम अधिकारी र एनआरएनए दुबई क्षेत्रका अध्यक्ष मदन अधिकारी यस अवार्ड कार्यक्रमका स्थानीय आयोजक हुन् । आयोजकले १२ असार मंगलबार दुबईम एक पत्रकार सम्मेलन गरेर कार्यक्रमको सम्पुर्ण आयव्यय सार्वजनिक गर्दै बाल गायक अशोक दर्जीको घर निर्माणका लागि ७ हजार २ सय ७५ दिराम (करिव २ लाख १५ हजार रुपैयाँ) आर्थिक सहयोग गरेको छ ।


आठ विधामा अवार्ड वितरण ।
न्यु मिडिया एकेडेमी प्रालिको आयोजनामा बर दुवईमा सम्पन्न विशेष कार्यक्रम युएईमा संस्थागत रूपमा प्रदेश नम्बर ३ एकता समाज, युएईको ब्यानरमा भएको हो । मकवानपुर जिल्लामा रहेर पत्रकारिता गर्ने विभिन्न ८ विधाका पत्रकारहरुलाई अवार्ड प्रदान गरिएको उक्त कार्यक्रमलाई सफल बनाउन नेपालबाट ५६ जना प्रतिनिधिमण्डलको संयोजन गर्न मणिराज गौतमले अहम भुमिका निर्वाह गरेका थिए ।

२०७४ सालभर गरिएको पत्रकारितालाई आधार मानेर अवार्ड वितरण गरिएको हो । उत्कृष्ट सम्पादक वर्ष अवार्ड वरिष्ठ पत्रकार नवराज शर्मालाई प्रदान गरिएको छ ।नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष शर्मा नयाँ प्रकाश साप्ताहिकका सम्पादक हुन् ।त्यसैगरी, उत्कृष्ट पत्रकारिता वर्ष अवार्ड गणेश दर्पण अधिकारीले पाएका छन् भने खोजी तथा चुनौतिपूर्ण पत्रकारिता वर्ष अवार्ड शिवकुमार रिजाल काशीले पाएका छन् ।

वर्षभरी रेडियो तथा टेलिभिजनमा समाचार तथा सूचनामूलक कार्यक्रम प्रस्तुतकर्तालाई दिइने प्रस्तोता वर्ष अवार्ड पोष्टराज अधिकारी कुमार, सामाजिक पत्रकारिता वर्ष अवार्ड सुवास बिडारीलाई प्रदान गरिएको छ ।संचार उद्यमी वर्ष अवार्ड हेटौंडा सन्देश राष्टिय दैनिकका प्रकाशक माधव न्यौपानेलाई, चलचित्र पत्रकारिता वर्ष अवार्ड कृष्ण सारु मगरलाई तथा बजार व्यवस्थापक वर्ष अवार्ड गोकुल अधिकारीलाई प्रदान गरिएको थियो ।त्यसक्रममा पारस लामा, दीपक गुरुङ, रेविका थापा मगर, ॠषिलाल श्रेष्ठलगायत युएईमा कार्यरत नेपाली कलाकारहरुले पनि गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।


कार्यक्रममा विभिन्न ८ विधामा अर्वाड प्रदान गरिएको थियो । सो अवार्ड राममणि दाहाल, दीपक अधिकारी र रुपेश दुलाल रहेको तीन सदस्यीय जुरीले चयन गरेको थियो ।
सोही समारोहमा तु खबर अनलाइनका प्रधान सम्पादक गिरिजाप्रसाद अधिकारी र नेपाल पत्रकार महासंघ युएई शाखालाई सम्मान गरिएको थियो । यस्तै, हेटौंडाका व्यवसायी विद्युत बज्राचार्य तथा उत्सव इटेनीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास अबुधाबीका कार्यबाहक राजदूत सागर फुँयाल, एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठलगायतले अवार्ड प्रदान गरे ।अवार्ड कार्यकमकै क्रममा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका संगीतकार तथा गायक टंक बुढाथोकी, बालगायक अशोक दर्जी, अञ्जन दाहाललगायतले आआफ्ना प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरे । त्यसक्रममा युएईम कृयाशिल गायक पारस लामा, नृत्यकार दीपक गुरुङ, रेविका थापा मगर, ॠषिलाल श्रेष्ठलगायत युएईमा कार्यरत नेपाली कलाकारहरुले पनि गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विभिन्न ८ विधामा अर्वाड प्रदान गरिएको थियो । सो अवार्ड राममणि दाहाल, दीपक अधिकारी र रुपेश दुलाल रहेको तीन सदस्यीय जुरीले चयन गरेको थियो ।

          June 27, 2018 8:12 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...