किशोर श्रेष्ठ र जनआस्थाको नालिबेली, श्रीषा कार्की देखि क्षमता ढकालसम्मका सबै कर्तुतको पर्दाफास ! (भिडियोसहित)
हाम्रो मुलुकले बिकासमा नयाँ फड्को मार्ने समय भनेकै जेठ असार महिना । टोलटोलमा सडक निर्माण, खाल्डा खुल्डी पुरपार, धुलो उडाँउदै रातारात सडक पिच । वाह क्या दृश्य देखिन्छ आजकल ।
यहि गतिमा १२ महिना काम हुने हो भने, मुलुकले बिकासमा अग्रगामी छलाङ मारेरै छोड्छ । बजेट सक्ने यो खेल जसको सरकार आएपनि चलेको चलेइ छ । हेर्दा सडक कालो देखिनु प¥यो सक्कीयो । विकाश गर्न वा मजबुद संरचना बनाउन होइन बजेट सक्न गरीने यो खेतिपाती रुपी नाटक हरेक वर्षको जेठ असारमा मञ्चन हुन्छ ।
यो नाटक कसैले आजसम्म रोक्न सकेका छेनन् । न अनुगमन गर्ने कोही देखिन्छन् न निर्माणको डिटेलको सुचना कतै देखिन्छ । बस् निर्माण भटाभट भैरहेको छ । कति समय टिक्छ भनेर नसोध्नुस् । यत्ति बुझ्नुस् काम भैरहेको छ ।
हे प्रभु बजारमा पाइने चाइनीज खेलौनाको समेत वारेन्टी हुने जमानामा करोडौँ खर्च गरेर असार मसान्तमै सक्नु पर्ने बाटो कति बर्ष टिक्छ, कसैलाई थाहा छैन । यस्तो लाग्छ कि मुलुकमा बाटो रातारात बन्न कित विदेशी बिशिष्ट पाहुना आउनु प¥यो कि त बजेट सक्न जेठ असार लाग्नु प¥यो ।
निर्माण स्थलमा गएर एक घण्टा उभिनु भयो भने त्यो संरचना कति समय टिक्ला भनेर ठ्याक्कै अनुमान गर्न सकिन्छ, कुनै इञ्जीनियरिङको ज्ञान नभएपनिी । बिकाश गर्नु नै छ त्यसैले झम झम पानी परे पनि परोस् मतलब छैन, देश बिकास र समृद्धि तर्फ लम्क्यो, लम्क्यो ।
June 29, 2018 3:40 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण