Friday 13th February 2026

सस्तो मूल्यमा दाँत उखेल्न खोज्दा

8 years अगाडी

एजेन्सी। पाकिस्तानका एक व्यक्तिलाई नक्कली डाक्टरसँग उपचार गराउनु निकै महंगो सावित भएको छ । घटना कराँची शहरको हो । यहाँ नक्कली डाक्टरले दाँत उखेलिदिएपछि मोहम्मद फारुक नामका व्यक्तिलाई मुखको क्यान्सर भयो । क्यान्सर अन्तिम स्टेजमा छ र मुख सुन्निएर टाउकोजत्रो भएको छ । फारुकलाई खान पनि मिल्दैन र उनी बेडमा मृत्युको प्रतिक्षामा छन् ।

कारपेन्टरको काम गर्ने फारुकलाई एक दिन दाँत दुखेको थियो । उनका साथीले उनलाई दाँत उखेल्न सल्लाह दिए । उनीहरु सस्तो उपचारको चक्करमा नक्कली डाक्टरकहाँ पुगे । दाँत निकालेको ८ महिनापछि फारुकको अनुहार सुन्निन थाल्यो । तर, उनलाई अहिलेसम्म यो कुराको आभाससम्म थिएन कि उनलाई क्यान्सर भएको छ । सुरुमा उनले यो समस्यालाई त्यति वास्ता गरेनन् । तर जब सुन्निने क्रम बढ्दै गयो त्यसपछि उनी सरकारी अस्पताल पुगे । अस्पतालमा डाक्टरले धेरै परीक्षण गरेपछि उनलाई क्यान्सर भएको पुष्टि भयो । अहिले फारुकको रोग अन्तिम चरणमा छ । डाक्टरले किमोथेरापी गर्न पनि अस्वीकार गरेका छन् किनकि फारुकको बच्ने सम्भावना छैन । यही कारण डाक्टरहरुले बिना कारण उनलाई कष्ट दिन नचाहेको बताएका छन् । डाक्टरले उनलाई पीडा र जलन क मगर्ने औषधी मात्र दिएका छन् ।

          July 1, 2018 11:46 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...