युवतीले यौन प्रस्ताव अस्वीकार गर्दा नेपाली सेनाका जवानलेनैं गरे युवतीको हत्या,,,पढ्नुहोस्
काठमाडौं१९ असार । यौन प्रस्ताव अस्वीकार गर्दा नेपाली सेनाका जवानले युवतीको हत्या गरेका छन्। काठमाडौंको महाराजगन्जस्थित भैरवनाथ गणमा कार्यरत नेपाली सेनाका जवान लालबहादुर ढुंगेलले जेठ ११ गते सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्कोटको सुनकोसी किनारमा एक २४ वर्षीया युवतीको हत्या गरेको सिन्धुली प्रहरीले जनाएको हो।
जेठ ११ गते रामेछापको मन्थली नगरपालिका–७ की २४ वर्षीय वसुन्धरा खड्काको शव हत्या गरेको अवस्थामा सुनकोसी किनारमा प्रहरीले फेला पारेको थियो।
अनुसन्धान क्रममा भैरवनाथ गणमा कार्यरत दोलखा तामाकोसी–७ हावागैरीका ३६ वर्षीय लालबहादुर ढुंगेलले आफ्नो यौन प्रस्ताव नमानेपछि युवतीको हत्या स्वीकार गरेको सिन्धुलीका प्रहरी प्रमुख रामेश्वरप्रसाद यादवले बताए।
‘प्रहरीको विशेष अनुसन्धान टोलीले ढुंगेललाई भैरवनाथ दलबाटै पक्राउ गरेर ल्याएको थियो। अनुसन्धानका क्रममा ढुंगेलले आफूले यौन सम्पर्क गर्न प्रस्ताव राख्दा नमानेपछि ढुंगाले टाउकोमा हिर्काएर युवतीको हत्या गरेको स्विकारेका छन्,’ यादवले भने।
युवतीको हत्या गर्ने ढुंगेललाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गरी सार्वजनिकसमेत गरेको छ। युवतीको हत्यापछि युवतीको फोन, ह्यान्ड ब्याग, पर्स, सुनका गरगहनालगायत सामग्रीसहित फरार ढुंगेललाई प्रहरीले ती सामग्रीसहित सार्वजनिक गरेको थियो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ढुंगेललाई जेठ ३० गते पक्राउ गरेको थियो। अनुसन्धान क्रममा सोही सैनिक दलका जवान रामेछाप लिखु तामाकोसी–६ का सुरेश बुढाथोकी भने निर्दोष पाइएको एसपी यादवले बताए।
‘युवतीको टाउकोमा चोट लागेको र कालो रुमालले घाँटीमा बाँधेको, घटनास्थलमा रगत बगेको, नजिकैको ढुंगामा रगत लागेको अवस्थामा सुनकोसी किनारमा शव फेला पारेपछि अनुसन्धान क्रममा बुढाथोकीलाई नियन्त्रणमा लिइएको भए पनि उनी निर्दोष देखिएपछि उनलाई छाडिएको छ,’ उनले थपे।
युवतीको हत्या गरेर गहना, पैसा, पर्स र मोबाइलसमेत लुटेर लगेको अवस्थामा हत्यारा ढुंगेलले आफ्नो सबै मोबाइल अफ गरे पनि युवतीको फोन अफ नगरेको अवस्थामा उनको फोनको लोकेसनका आधारमा पक्राउ गर्न सकिएको यादवको भनाइ छ। अन्नपूर्णपोष्टबाट
July 3, 2018 1:17 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।