Thursday 12th February 2026

जान्नुहोस , तोरीको तेल का अदभुत फाइदा

8 years अगाडी

तोरीको तेल खासगरी नेपाल, भारत, रोम र ग्रिसलगायतका मुलुकहरुमा निकै लोकप्रिय तेल हो । यसको लोप्रियता हजारौं वर्षदेखि नै चलिआएको मानिन्छ । सबैभन्दा पहिले भारतमा यसको खेती गरिएको अनुमान छ । दार्शनिक हिप्पोक्रेटसले तोरीका दानालाई केही निश्चित खालका औषधि बनाउन प्रयोग गर्थे । रोमनहरुले यसलाई रक्सी बनाउन प्रयोग गर्थे भने ग्रिकका प्रख्यात गणितज्ञ पाइथागोरसले बिच्छीले टोकेको उपचारमा प्रयोग गर्थे । नेपाल र भारतमा भने यसको प्रयोग तरकारी पकाउन तथा शरीरमा मसाजका लागि प्रयोग गरिन्छ

यस्ता छन्, तोरीको तेलका फाइदाहरु :
क्यान्सरको खतरा घटाउँछः अनुसन्धानहरुबाट तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्व पाइएको छ । यसमा पाइने लिनोलेनिक एसिड ओमेगा थ्रि फ्याटी एसिडमा परिवर्तन हुन्छ, जसले पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ ।

मुटुुका लागि उपयोगी : तोरीको तेलमा मोनोस्याचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्तमात्रामा पाइने हुनाले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न मद्दत पुु¥याउँछन् ।

प्राकृतिक शक्तिबद्र्धकः तोरीको तेललाई प्राकृतिक शक्तिबद्र्धकका रुपमा लिइन्छ । तोरीको तेलले छालामा मसाज गर्दा रक्तसन्चार प्रणाली र पसिना ग्रन्थीमा सुधार ल्याउँछ ।

चिसो र रुघा निको पार्छः तोरीको तेल लामो समयदेखि चिसो हटाउने प्राकृतिक पदार्थका रुपमा प्रयोग हुँदैं आएको छ । यसमा तातो बनाउने तत्व हुन्छ, जसले श्वासप्रश्वास नलीलाई सफा पार्छ । रुघा लागेको बेला तातो पानीमा जिरा र केही चम्चा तोरीको तेल हालेर बाफ लिने हो भने रुघा निको हुन्छ र घाँटी सफा पार्छ ।

जोर्नी दुख्ने र बाथ निको पार्छ : तोरीको तेलले नियमित मसाज गर्ने हो भने शरीरमा रक्तसन्चार बढाई जोर्नी दुख्ने र बाथको समस्या निको हुन्छ ।

दममा उपयोगीः तोरीको तेलको उपयोगले दमको लक्षण र प्रभावलाई व्यवस्थित गरी घटाउन सकिन्छ । खैरो तोरीको तेल छातिमा लगाउने हो भने फोक्सोमा हावाको आपूर्ति बढ्छ । एक टेबलचम्चा शुद्ध तोरीको तेललाई महमा मिसाएर दिनको तीनपटक खाने हो भने दमकको आक्रमणलाई रोक्न सकिन्छ ।

यसका साथै तोरीको तेलमा अन्य फाइदा  : मष्तिष्कको कार्यक्षमता बढाउँछ दाँत सेतो बनाउँछ र दाँतसम्बन्धी समस्या हटाउँछ छाला स्वस्थ बनाउन मद्दत गर्छ शरीरका काला धब्बा हटाउँछ प्राकृतिक सनस्क्रीनको काम गर्छ छाला सुख्खा हुन दिँदैंन र संक्रमणबाट जोगाउँछ
कपाल झर्नबाट जोगाउँछ, सुख्खा हुुन दिँदैंन कपाल चाँडै फुल्न दिँदैंन तोरीको तेल चायाँ पर्न दिँदैंन

          July 6, 2018 12:13 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...