वर्षायाममा के खाने ? स्वास्थ्य राम्रो हुन्छ
काठमाडौँ । वर्षायास सुरु भएसँगै स्वास्थ्यमा विभिन्न समस्याहरु देखिने गर्दछ। त्यस कारण यो समयमा खानपानमा निकै ध्यान पुर्याउनु पर्ने हुन्छ। यो समयमा खानपानमा ध्यान नदियो भने विभिन्न सवास्थ्य समस्याले सताउने गर्दछ। त्यसैले आज हामी तपाईलाई वर्षायासमा खाने खानाका बारेमा जानकारी दिदैछौँ।
वर्षायाममा यी खाने कुरा खानुहोस्
१ लसुन : एन्टिअक्सिडेन्टले भरिपूर्ण लसुन प्रतिरक्षा प्रणाली बढाउन उपयोगी हुन्छ । साथै, यसले तपाईको पाचनप्रणालीलाई सजिलो बनाउँछ र मेटाबोलिक रेट घट्न दिँदैन । तपाईले आफ्नो खानामा लसुनको पोटीलाई थिचेर राखेमा त्यसले खानाको स्वाद पनि बढाउँछ र स्वास्थ्यलाई पनि राम्रो गर्छ।
२ अदुवा : वर्षायामको बारेमा सोच्दा धेरैको दिमागमा सबैभन्दा पहिले अदुवाको चिया दिमागमा आँउछ । अदुवाको आगो जस्तो प्रकृतिले तपाईको मुड पनि ठिक बनाउँछ र तपाईको मेटाबोलिजमको स्तर पनि बढाउँछ । ताजा अदुवा एक कप तातोपानीमा राखेर त्यसमा एउटा कागती थिच्नुहोस् । त्यसमा एक चम्चा मह थपेर सेवन गर्नुभयो भने यसले धेरै राम्रो गर्छ ।
३ नास्पाती : नास्पातीको रोग प्रतिरोधी क्षमता बढाउने गुणको बारेमा धेरैले चर्चा गर्दैनन् तर यो धेरै कमालको फल हो। यो स्वादिलो फलमा भिटामिन मिनरल्स अत्याधिक प्रचुर मात्रामा पाइन्छ, जसले तपाईलाई रोगहरुबाट बचाउँछ।यसमा कपर भिटामिन सी र भिटामिन बि१२ पनि प्रचुर मात्रामा पाइन्छ । यसले शरीरलाई चिस्याउने भएकाले ज्वरो कम गर्न पनि सघाउँछ। त्यसैले वर्षायाममा दैनिक एक गिलास ताजा नास्पातीको जुस पिउने वा केही टुक्रा नास्पाती खाने गर्नुहोस।
४ बेसार : मसलाको रुपमा प्रयोग हुने यो पहेँलो धुलो प्रतिरोधी प्रणाली बढाउनको लागि धेरै नै उपयोगी हुन्छ । यो प्राकृतिक एन्टिसेप्टिक र एन्टिवायोटिक एजेन्ट पनि हो । त्यसैले तपाईलाई रुघाखोकी वा ज्वरो खाएको बेलामा दुधमा बेसार मिसाएर पिउने सल्लाह दिइन्छ । बेसारले रगतमा सुगरको लेभल नियन्त्रण गर्न पनि सघाउँछ । वर्षायाममा बिरामीबाट बच्न एक गिलास दुधमा आधा चम्चा बेसार र एक चम्चा मह राखेर खानुहोस् ।
५ मरिच : आफ्नो अमलेट, सुप वा खिचडीमा थोरै मरिच राखेर खाने गर्नुहोस् । यो पिरो कालो दाना स्वादिलो मात्रै हुँदैन यसमा स्वास्थ्य राम्रो बनाउने धेरै गुणहरु पनि हुन्छ ।ज्वरो खोकी चिसो मांसपेसीको समस्या जस्ता बिरामीको प्राकृतिक औषधी हो । तपाईले आफ्नो खानामा यसलाई राख्नुभयो भने त्यसले धेरै राम्रो गर्छ । आधा चम्चा मरिचको धुलो, आधा चम्चा नै बेसार दुइ चम्चा मह र दुध मिसाएर खानुभयो भने त्यसले तपाईलाई धेरै राम्रो गर्छ ।
६ बदाम
बदाम प्रोटिनको धेरै राम्रो स्रोत हो । थोरै चिल्लो हुने बदाममा स्वास्थ्यको लागि लाभदायक धेरै खालका पोषकतत्वहरु पाइन्छ । स्वादिलो बदामले तपाईको पाचन प्रणालीलाई सुधार गर्छ , सुगर लेभल नियन्त्रणमा राख्छ र विभिन्न रोगहरु लाग्नबाट बचाउँछ । नियमित केहि बदाम भिजाएर खानुहोस् ।
७ स्याउ : वर्षायामको सन्दर्भमा हेर्ने हो भने दैनिक एउटा स्याउ खाएमा डाक्टरको जरुरत नै पर्देन भन्ने भनाइ मेल खान्छ । आफ्नो सन्तुलित र स्वस्थ खानाको हिस्साको रुपमा दैनिक एउटा स्याउ खानुहोस् । तपाईलाई विभिन्न स्वास्थ्य समस्याबाट जोगाउने धेरै थरि तत्वहरु स्याउमा हुन्छन् । यसले तपाईको पाचनप्रणालीलाई राम्रोसँग काम गर्न पनि सघाउँछ ।
८ अनार : अनारमा विशेषगरि भिटामिन सी पाइन्छ जसले तपाईको शरीरमा भएको प्रोटिनलाई राम्रोसँग काम गर्न सघाउँछ । यसले तपाईको पाचनप्रणालीलाई स्वस्थ र सफा बनाउँछ । साथै यसले तपाईको प्रतिरोधी प्रणाली राम्रो बनाउँछ र तपाईलाई विभिन्न रोगहरुबाट लड्न सघाउँछ।
९ पानी : वर्षायाममा तपाईलाई स्वस्थ्य राख्नको लागि पानी सबैभन्दा महत्वपूर्ण चिज हो । धेरै मानिसको चिसो मौसममा पानीको मात्रा घटाउने चलन हुन्छ तर, यसले तपाईलाई विभिन्न स्वास्थ्य समस्याको जोखिममा पार्न सक्छ । दिनमा कम्तीमा पनि ८ गिलास पानी पिउनुहोस् । साथै आफ्नो मेटाबोलिजमलाई कायम गर्न तातो पानी पिएमा झनै राम्रो ।
July 8, 2018 10:41 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण