अवैधानिक कामदारले पेनाङ र जोहोरबारुबाट ट्राभल डकुमेन्ट बनाउन सक्ने
मलेसिया – नेपाली दूतावास मलेसियाले पेनाङ र जोहरबाहरु राज्यमा कन्सुलर सेवा उपलब्ध गराउने भएको छ ।
अवैधानिक कामदार यात्रा अनुमतिपत्र बनाउन दूतावाससम्म आइपुग्दा पक्राउ नपरुन भन्ने उद्देश्यले यी राज्यमा कन्सुलर सेवा उपलब्ध गराउन लागेको दूतावासले जनाएको छ ।
असार ३० गते शनिबार देवान हल बुकित मेर्ताजाम पेनाङ र बागुस सीटी होटेल जोहोरबारुमा कन्सुलर सेवा दिइने छ । स्थानीय समय अनुसार बिहानको १० बजेदेखि सेवा सुरु हुनेछ ।
एकतर्फी यात्रा अनुमति बनाउन नेपाली नागरिकताको प्रतिलिपी, राहदानीको प्रतिलिपी, दुई वटा फोटो र राजस्व दस्तुर वापत १६० रिंगिट तिर्नुपर्ने छ ।
मलेसिया सरकारले अवैधानिक बिदेशी कामदार लाई अगस्ट ३० सम्ममा स्वदेश फर्किन समय दिएको छ । साथै अवैधानिक धरपकड गर्न थालेपछि त्यसको चपेटामा नेपाली कामदार पनि परेका छन् ।
मलेसियामा झण्डै एक लाख नेपाली अवैधानिक रहेको हुनसक्ने कार्यवाहक राजदूत कुमारराज खरेल जानकारी दिनुभयो । उज्यालो
July 8, 2018 1:01 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण