Sunday 28th December 2025

कुवेतमा २०५ औं भानु जयन्ती मनाईने, कार्यक्रमको  सम्पूर्ण तयारी पुरा 

7 years अगाडी

माधब शाही –

कुवेत – कुवेतमा २०५ औं भानु जयन्ती मनाईने कार्यक्रमको तयारी पुरा  भएको छ । विश्व  नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा आउँदो जुलाई १३ तारिख कुवेतमा २०५ औं भानु तथा साहित्य श्रृंखला वाचन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भयको कार्यक्रम संयोजक राजेन्द्र बिरहीले बताए ।

विश्वभरका साहित्यकारहरु एकजुट होऔ नेपाली साहित्यलाई समद्ध बनाऔ भन्ने मूल उदेश्यका साथ स्थापना भयको विश्व नेपाली साहित्य महासंघ कुवेतले हरेक बर्ष विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै आएको छ । उक्त कार्यक्रममा कुवेतमा रहेका साहित्यकार हरुले साहित्य वाचन गर्ने छन् ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका कोखबाट जन्मिएका आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गरेका थिए ।

उनले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए । रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन्। प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीता सँगै विभिन्न फुटकर कविता कृति प्रकाशित छन् ।

आयोजकले  कुवेतमा क्रियाशील बिभिन्न  संघसंस्था समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकार,सहित्यकार साथीहरु उक्त कार्यक्रमलाई सफल पार्न   सहयोग गरीदिनुहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई हार्दिक अनुरोध समेत गरेको छ  ।सबैलाई पत्राचार गरिसकेको र कारणबस पत्र पाउन  छुट्नु भयको छ भने यसै समाचार मार्फत उपस्थित हुन कार्यक्रम संयोजक राजेन्द्र बिरहीले सबैमा अनुरोध गरेका छन् ।

कार्यक्रम हुने दिन : १३ जुलाई २०१८ (सुक्रवार)

स्थान: पपिन हल जिलिब

समय: बिहान ठिक १० बजे

सम्पर्क नं: ६६२६५२२६ / ६७७४९३६१ / ५०६६११७४/५०३०७३०३

          July 8, 2018 2:00 pm | Uncategorized


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...