Thursday 12th February 2026

सावधान : दुधसँग यी खानेकुरा नखानुहाेस् ? निम्त्याउँछ घातक राेग !

8 years अगाडी

दुधमा भिटामिन, मिनरल्स पाइन्छ। गाउँघरतिर त दुधको कमी पनि खासै नहुने भएकाले तागत आउँछ,स्वस्थ भइन्छ भनेर पनि दुध नियमित पिउने गरिन्छ । तर आयुर्वेदको नियम अनुसार दुधसंग खान नहुने केही यस्ता खानेकुरा छन् जसबारे हामी चर्चा गर्दैछौँ-

दुधसँग माछा- दुधसँग माछा खानुहुँदैन । यसो गर्दा ग्याँस, एलर्जी र छालासम्बन्धि रोग लाग्न सक्छ ।

दुधसँग दाल- दुधसँग मुँग, चनालगायतका लगभग सबै दालको सेवन गर्नुहुँदैन ।

यस्तै, गाजर, आलू, तेल, गुँद, मह, दही, नरिवल, लसुन, सबै नुनिलो खानेकुरा खानुहँदैन । यसबीच कम्तीमा दुई घण्टाको अन्तर आवश्यक छ । दुधसँगै दालको सेवनले हृदयघातको खतरा बढ्ने गर्छ ।

दुधसँग मूला- दुधलाई कहिले पनि अमिलो र नुनिलो खानेकुरासँग खानुहुँदैन । यसका साथै यदि कुनै खाद्य पदार्थमा मूला प्रयोग गरिएको छ भने यसलगत्तै दुध खानुहुँदैन । यस्तो गर्दा दुध विषाक्ता हुन्छ साथै छाला सम्बन्धि रोगको आशंका हुन्छ । मूलाबाट बनेको खानेकुरा खाँदा कम्तिमा दुई घण्टापछि मात्र दुध पिउनुहोस् ।

दुध र फलफूल- दुधसँग सुन्तलाजस्ता अमिलो फलफूलको सेवन गर्नुहुँदैन । ब्रत बस्दा मानिसहरु केरासँग दुध खान्छन् जुन गलत हो । केराले कफ बढाउँछ भने दुधले पनि कफ बढाउन सहयोग गर्दछ । दुबै खाँदा कफको मात्रामा वृद्धि हुन्छ र पाचनमा पनि असर पर्दछ ।

दुधसँग कागती, कटहर हानिकारक- दुधसँग कागती, कटहर, करेला वा नुनको कहिले पनि सेवन गर्नुहुँदैन । दुधसँगै यी खानेकुराको सेवनले छालाको रोगजस्तै दाद, एलर्जी, सोराइसिसलगायत लाग्ने गर्दछ ।

          July 14, 2018 11:10 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...