Monday 10th November 2025

सम्पत्तिका लागि छोराछोरीले गराइदिए बाबुआमाको झगडा, बिहेको ४० वर्षपछि डिभोर्स गर्न जाँदा

7 years अगाडी

युवा जोडीको सम्बन्धविच्छेद हुने गरेको सुन्दै आएका हामीलाई यो घटना सुन्दा आश्चर्य लाग्न सक्छ । तर विवाहपछि ४० वर्ष सँगै बिताएपछि एक जोडी अदालतमा सम्बन्धविच्छेदको आवेदन लिएर पुगे । भारतको मध्य प्रदेश भोपालको अदालतमा पुगेका यी दम्पती दुवैको कुरा सुनेपछि अदालतले काउन्सिलिङ गराउँदा खुल्यो यी दुईबीच उनीहरुका सन्तानले नै असमझदारी पैदा गरेका थिए । काउन्सिलिङपछि अदालतले उनीहरुका सन्तानलाई उनीहरुको विषयमा हस्तक्षेप नगर्न निर्देशन दिएको छ । छोराछोरीका कारण १० वर्ष छुट्टाछुट्टै बसेका यी दुईबीच अहिले सम्झौता भएको छ ।

यहाँको अरेरा कोलोनीका वृद्ध दम्पती १० वर्षदेखि छुट्टिएर बसेका थिए । विवाद यतिसम्म बढ्यो कि दुवैले कुटुम्ब न्यायालयमा सम्बन्धविच्छेदका लागि निवेदन दिए । पत्नीे घरेलु हिंसा, भरण पोषण सहित अन्य आरोप पनि लगाइन् । अदालतले उनीहरुको छुट्टाछुट्टै काउन्सिलिङ गरायो । काउन्सिलिङपछि थाहा भयो उनीहरुबीच असमझदारी छोरा, बुहारी र छोरीहरुले पैदा गरेका थिए । उनीहरुले पतिपत्नीको बोलचाल नभएको फाइदा उठाएका थिए ।

यी दुई वृद्ध दम्पतीको नाममा धेरै नै सम्पत्ति रहेको पाइएको छ जुन सम्पत्ति उनीहरुकै सन्तानले हडप्न चाहन्थे ।  दुवै प्रथम श्रेणीका अधिकारी थिए र रिटायर भएपछि उनीहरुले सम्पत्ति आफ्नै नाममा राखेका थिए । यी दम्पत्ती छोराछोरीको कुरामा लागेर १० वर्षदेखि छुट्टिएर बसेका थिए । काउन्सिलिङमा मुख्य रुपमा उनहिरुको जीवनमा छोराछोरीको हस्तक्षेत्र धेरै भएको तथ्य खुल्यो । छोराछोरी चाहँदैनथे कि उनीहरु सँगै रहुन् । अदालतले उनीहरुलाई एक घण्टा सँगै बिताउने समय दियो । त्यसपछि उनीहरुले सँगै बस्ने निर्णय गरे ।

कुटुम्ब न्यायालयमा एक अर्को मुद्दामा सुनुवाइको क्रममा अदालतमा उपस्थित सबैको आँखा रसाए । अदालतमा सम्बन्धविच्छेदको मुद्दा चलिरहेको थियो । यही क्रममा दम्पतीका १० वर्षका छोराले ५ वर्षपछि भेटेका पितालाई भेट्नासाथ उनलाई अंकमाल गरे । उनी पितालाई छोड्न तयार थिएनन् । ती बालक ५ वर्षका हुँदा पतिपत्नीबीच असमझदारी भएपछि बालक आमासँगै मावलीमा बस्न थालेका थिए । अहिले उनीहरुले सम्बन्धविच्छेदको निवेदन दिएका थिए । तर, बच्चाको हालत देखेपछि स्वयं जजले उनीहरुको काउन्सिलिङ गरे । जजको भावनात्मक काउन्सिलिङपछि उनीहरुमा सम्झौता भयो र उनीहरु नछुट्टिने गरी घर फर्के ।

          July 14, 2018 12:52 pm | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...