Monday 10th November 2025

जागिरको पहिलो दिन नै कर्मचारीले गरे यस्तो काम, मालिकले खुसी भएर दिए आफ्नै कार

7 years अगाडी

एजेन्सी। अमेरिकामा एक कर्मचारीले जागिरको पहिलो दिन नै यस्तो गरे कि मालिकले खुसी भएर आफ्नै कार गिफ्ट दिए । वाल्टर नामका ती व्यक्तिलाई बेलहप्स नामको कम्पनीमा जागिर गर्नु थियो । तर उनको कार बिग्रियो । उनी चाहँदैनथे कि पहिलो दिन नै अफिसमा ढिलो पुगुन् । त्यसैले वाल्टर आधा रातमै घरबाट पैदल निस्किए । उनको क्षेत्रमा केही दिन पहिले तुफान आएका कारण सार्वजनिक यातायात सेवा पनि बन्द थियो । यसकारण उनलाई ३२ किलोमिटर दूरी पैदल हिँडेर अफिस पुग्नुपर्यो । यसबाट खुसी भएका कम्पनीका सिइओले उनलाई आफ्नै कार गिफ्ट दिए ।

जब वाल्टर अफिस जाँदै थिए तब पेलहममा बिहान एक पुलिस अधिकारी मार्क नाइटनले उनलाई एक्लै जाँदै गरेको देखे । मार्कले उनलाई सोधेपछि वाल्टरले सबै कुरा बताए । वाल्टरबाट मार्क यति प्रभावित भए कि उनलाई नाश्ता खुवाए । वाल्टर बिहान अफिस पुगेपछि त्यहाँ काम गर्ने जेनी लेमी र उनका पतिले उनलाई आराम गर्न पनि भने तर वाल्टर सिधै काममा जुटे । जेनी उनको लगनबाट निकै प्रभावित भइन्  उनले यसबारे फेसबुकमा लेख्दै वाल्टरबाट प्रेरणा लिनुपर्ने बताइन् । अफिसबाट फर्कने क्रममा जेनीले नै वाल्टरलाई घर छोडिन् । कम्पनीका सिइओ ल्युक मार्कलिनले आफ्ना कर्मचारीको लगनशीलताको बारेमा थाहा पाएपछि यतिसम्म प्रभावित भए कि आफ्नो कार नै गिफ्ट दिए ।

          July 20, 2018 11:59 am | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...