Thursday 12th February 2026

यी उपाय अप्नाउनुहोस्,छाति तथा पेट पोल्ने समस्या छ ?

8 years अगाडी

दौडधुपको युगमा हाम्रो गलत जीवनशैलीले गर्दा रोगले बढवा पाउन थालेको छ । कामको व्यस्थताले लामो समयसम्म खाना नखाएपछि जब पेट पोल्न थाल्छ अनि मात्र हामी खाना खाने गर्छौ । जसका कारण एसिडिटी बढ्न जान्छ । अम्लपित्त अर्थात एसिडिटी यस्तो एक रोगको जसले हाम्रो खानपान र रहनसहनको गलत बानीका कारण हुन सक्छ। खानामा गरिने लापरवाहीले एसिडिटी बढाउँछन्।   एसिडिटीका कारण एसिडिटी हुने धेरै कारण छन्। दैनिक व्यस्तताले खानामा त्यत्ति ध्यान दिने गरिदैन। हाम्रो खानपान, रहनसहनका साथै एसिडिटी शारीरिक र मानसिक कारण पनि हुनसक्छ।

शरीरिक हाम्रो शरीरमा आमाशयमा सामान्य तरिकाले पाचन प्रक्रियाको लागि रसिड निस्कन्छ।  खाना पचाउन पेटका ग्रन्थीहरुले विभिन्न एसिड निकालिरहेको हुन्छ। यस्ता एसिडहरु खानामा घोलिन्छ र खानालाई पचाउन मद्दत गर्छ। यस्ता एसिडहरु आमाशयमा जतिबेला पनि उत्पादन भईरहेको हुन्छ।  हामीले खानामा ध्यान नदिदा लामो समयसम्म पेट खाली भएको अवस्थामा भने एसिडहरु पेटको भित्तामा पुग्छन् र पेट पोल्न थाल्छ। यस्तो प्रक्रिया बारबार हुँदै गएमा अन्न नलिमा सुजन पनि हुनसक्छ। धेरै वान्ता, खोकी वा धेरै मेहनतका साथ काम गर्नाले पनि एसिडिटी हुन सक्छ। खानपिन हामीले के खाना खान्छौं, कति मात्रामा लिन्छौ यसको सीधा असर हाम्रो पेटमा पर्न जान्छ । विविध खाने कुराका कारण एसिडिटी बढ्न जान्छ।

धेरै मसलादार, पिरो तथा तारेको खानु  जंगफुड मात्र खानु चिया, कफि खानु , चिसो पेय पदार्थ ,चुरोट सेवन   ,धेरै रक्सी पिउनु ,समयमै खाना नखानु ,राम्रोसँग नपाकेको खाना खानु ,बासी खाना खानु

धेरै कम खाना खानु जीवनशैली एसिडिटी हाम्रो जीवनशैलीका कारण उत्पन्न हुने समस्या हो। हामी हाम्रो जीवनशैलीमा अनुशासन पालना गर्दैनौ तब हामीमा विभिन्न रोगले आक्रमण गर्न सक्छ।

समया खाना नखानु ।

धेरै समयसम्म खाली पेट बस्नु ।

पर्याप्त मात्रामा नसुत्नु ।

खाना खानासाथ सुत्नु।

धुम्रपान, रक्सी सेवन गर्नु।

चिकित्सकको सल्ला बिना औषधि सेवन गर्नु।

धरै चिन्ता गर्नु ।

मोटोपन ।

गर्भावस्था ।

एसिडिटीका प्रमुख लक्षणहरु

पेट पोल्नु वा दुख्नु ।

टाउको वा छाती पोल्नु ।

अमिलो पानी आउनु ।

अमिलो डकार आउनु ।
घाँटी पोल्नु ।

पेट फुल्नु वा भारी हुनु ।

वान्ता हुनु ।

स्वासप्रस्वासमा समस्या हुनु ।

एसिडिटीबाट बच्ने उपाय
पिरो, मसालेदार तथा तारेको खाना नखाने।

चिया, कफि, चुरोट तथारक्सी सेवन नगर्ने ।

के खादा समस्या उत्पन्न हुन्छ ति खाने कुरा नखाने ।

प्रत्येक दिन विहान मनतातो पानी पिउने ।

घरमै तयार पारिएको खाना लाई प्राथमिकता दिने ।

लामो समयसम्म पेट खाली नखान्ने ।

एकै पटक धेरै खानुभन्दा थोरैथारै खाना खाइरहने।

नियमित रुपमा व्यायाम गर्ने ।

प्रयाप्त मात्रामा सुत्ने ।

खानामा केरा, खरबुजा र काँक्रा समावेस गर्नु।  एजेन्सीको सहयोगमा

          July 21, 2018 1:27 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...