Thursday 12th February 2026

अनारका यति धेरै फाइदा! हृदयघातदेखि स्तन क्यान्सरसम्मको समस्याका लागि उपयोगी

8 years अगाडी

शरीरलाई फिट र स्वस्थ राख्नका लागि प्रायः सबै फलफुलहरु लाभदायक मानिन्छ। तर खासगरि अनारको जुसले तौल घटाउनमा मद्दत गर्दछ। अनारमा मुख्यतः भिटामीन ‘ए’, ‘सी’, ‘इ’ र फोलिक एसिड र एन्टी एक्सीडेन्ट पाइन्छ। जसले पेटमा रहेका अनावश्यक बोसोहरुलाई घटाउन मद्दत गर्दछ । अनारको जुसले के कस्ता फाइदा पुग्छ त ? जानी राखौं अनार सेवन गर्नुका यी फाइदाहरु निम्नप्रकारका छन् :

१. नियमित रुपमा अनारको जुस सेवन गर्नाले शरीरमा रक्त सञ्चालन प्रक्रियालाई ठिक गर्दछ।

२. अनारको सेवनले स्तन क्यान्सर र कलेजोमा हुने क्यान्सरको सम्भावना पनि कम हुँदै जान्छ।

३. यसले हृदयघातबाट पनि बचाउँछ।

४. अनारले रगतमा आयरनको कमि हुन दिदैन। जसले गर्दा एनीमिया जस्ता रोगहरुबाट छुट्कारा दिलाउँछ।

५. अनारको सेवनले प्रोस्टेट क्यान्सरको सम्भावना पनि निकै कम हुँदै जान्छ।

६. गर्मी मौसममा अनारलाई पनि आफ्नो खानेकुरामा प्रयोग गर्न सक्नुपर्दछ। यसले पाचन सम्बन्धी समस्याबाट सँधैका लागि छुट्कारा पाउन सकिन्छ।

७. अनारको सेवन गर्नाले छालामा निखारपन ल्याउँछ। अनारको प्रयोग छाला सम्बन्धी विभिन्न किसिमका समस्याबाट बचाउन निकै लाभदायक मानिन्छ।

८. नियमित रुपमा अनारको सेवन गर्नाले दाँत सम्बन्धी समस्याबाट समेत राहत पाउन सकिन्छ।

९. गर्भवती महिलाहरुका लािग अनारको जुस रामवाण नै मानिन्छ। गर्भवती महिलाहरुले अनारको जुस खाँदा उसको बच्चालाई पनि स्वस्थ बनाउँछ।

१०. बढी उमेरका मानिसहरुलाई प्रायः लाग्ने एलजाइमर रोगबाट अनारको सेवनले छुट्कारा दिलाउँछ। अनार सेवन गर्नुका यस्ता धेरै प्रकारका फाइदाहरु छन्। लामो उमेर र धेरै उर्जावान रहनका लागि नियमित रुपमा अनारको सेवन गर्नुलाई निकै लाभदायक मानिन्छ। एजेन्सीको सहयोगमा

          July 24, 2018 10:25 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...