बाबुको दागबत्ती दिएकी छोरीलाई किरिया बस्न दिइएन
पोखरा । कार दुर्घटनामा बाबु गुमाएको पिडा त छदै थियो । त्यस माथी किरिया बस्न खोज्दा नपाएपछि उनि दुःखीत भएकी छन् । पोखरा ६ लेकसाइडका मधु सुवेदीको शुक्रबार राति त्रिशुलीमा कार खस्दा भएको दुर्घटनामा मृत्यु भएको थियो।

शनिबार उनको हिन्दु संस्कार अनुसार दाहसंस्कार गरियो । उनलाई १६ बर्षिया छोरी ममता सुवेदीले उनलाई दागबत्ति दिईन् । तर समाजले उनलाई समाज र आफन्ताहरुले बुबाको किरिया बस्नबाट बञ्चित गराइ दिएको छ। मधुको किरिया उनका भाइ हरि सुवेदीले गरेका छन् । काका र भतिजीले सँगै किरिया गर्न नमिल्ने भन्दै ममतालाई किरिया गर्न रोकेका हुन् ।
तर मानवअधिकार कर्मीहरुले चाहीँ महिलाको अस्थित्व स्विकार नगरिएको आरोप लगाएका छन् । ‘बाबुको किरिया बस्न छोरीले पाउनुपर्छ । यहाँ पितृसतात्मक कुरा गरेर छोरीलाई किरिया बस्न दिईएन, गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशकी प्रमुख विना सिलवालले भनिन्–समाजमा अझै पनि छोरीको अस्थित्व स्विकार गरिएन । यो मानव र महिला अधिकार विपरित काम भयो ।’

‘हाम्रो संस्कारमा छोराले किरिया गर्दा पनि आमा छुट्टै किरिया बस्छन् । छोरीले किरिया गर्दा सँगै काकाले गर्न मिल्दैन, उनले भने–अधिकार भन्दा संस्कार ठूलो कुरा हो । चलिआएको संस्कार मान्नैपर्छ ।’ छोरीले किरिया गर्ने कुराको आफुँले विरोध नगर्ने भन्दै उनले छुट्टै किरिया बस्न आग्रह गरे ।
आमा लक्ष्मी सुवेदीले पनि बुबाको किरिया बस्ने छोरीको इच्छा पुरा नभएको बताइन्। लक्ष्मीले भनिन् ‘छोरीको किरिया बस्ने इच्छा थियो तर पाइनन् । सामाजिक मुल्य मान्यताका कतिपय कुराले बञ्चित गरायो।’ छोरी किरिया बसे आँफुहरुले छोड्ने आफन्तको प्रतिक्रिया पछि ममताले किरिया गरेकी छैनन् ।
July 30, 2018 4:36 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।