नेवाः पुचः यूएई द्वारा खुल्ला भलिबल प्रतियोगिता गर्ने
यूएई -नेवाः पुचः यूएईले आफ्नो स्थापनाकाल पछि खलकुदको क्षेत्रमा ऐतिहासिक भलिबल प्रतियोगिताको आयोजना गर्ने कुरा नेपाल पत्रकार महासंघ, यूएईका अध्यक्ष भूप राज बस्यालज्यू अरु पत्रकारहरुको उपस्थितिमा मिति २०१८ जुलाई २७ को दिन यूएईको वर दुबई स्थित एभरेष्ट मार्सल आर्टसको हलमा एक पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।
उक्त कार्यक्रममा पुचःका खेलकुद संयोजक श्री हिरालाल श्रेष्ठ ज्यूले यो भलिबल प्रतियोगिताको लक्ष यूएईस्थित नेपाली नेपाली बीचमा भाईचारा अनि भलिबलमा अन्तराष्ट्रिय, राष्ट्रिय स्तरका खेलाडी, उदाएका नयाँ पिंढिका खेलाडीहरुलाई एक साथमा राखेर आफ्नो भलिबल अनुभवको साटासाट, स्तरको उन्नतिको लागि अवसर दिने जानकारी दिनु भयो ।

उहाँले यो प्रतियोगिता २०१८ अगष्ट २३, ईस्लाम धर्मको महान चाड वकर ईद छुट्टिको दिन पारेर तय गरिएको भन्नु भयो । यसै क्रममा भलिबल प्रतियोगिता हुने स्थान जुबेल अलिको लेवर क्याम्पको नुजल भलिवल कोर्ट अन्तरराष्ट्रिय स्तरको रबर फ़्लोर राखिएको कोर्टमा ब्यवस्था मिलाएको जानकारी दिनु भयो । प्रतियोगितामा बढिमा १८ टिम रहने, प्रत्येक टिममा ९ खेलाडि र १ जना म्यानेजर रहने छ । खेलाडीको फोटो नाम सहित दर्ता गर्नु पर्ने प्रावधान रहेको अनि चलन चल्तिको दर्ता दस्तुर मात्र लिने भएपनि खेलाडिको टिमलाई दिउँसोको खानाको ब्यवस्था पुचःले गर्ने ब्यवस्था गर्नेछ । पुरुस्कारको हकमा भलिबलको यूएई ईतिहासमा नै धेरै धनराशी तय गरिएको छ । पहिलो र दोश्रो हुने टिमले ट्रफी मेडल एवम नगद, अनि सर्वोकृष्ट खेलाडीले प्रमाण पत्र पाउने छ । साथै रेफ्रि र अरु सहयोगीहरुलाई पनि प्रमाण पत्र दिने छ ।
खेलको गुणस्तरको हकमा, प्रतियोगिता अन्तराष्ट्रिय नियममा नै संचालन हुने अनि दर्तामा रहेका खेलाडी बाहेक अरुले खेल्न नपाउने कडाईका साथ पालना गर्ने छ ।
यस प्रतियोगिताको लागि ६० % – ७० % तयारी पूरा भएको र प्रथम पुरुस्कारको प्रायोजक “नेपाली चुलो” प्रमुख प्रायोजक रहने छ । बिभिन्न व्यबसायी, ब्यक्तित्वहरुले प्रायोजनमा सहयोग गर्नु भएको छ ।
यस प्रतियोगितामा प्राबिधिक सहयोग एभरेष्ट मार्शल आर्ट्सले गर्नेछ भने मिडिया को-अर्डिनेटर नेपाल पत्रकार महासंघ, यूएईले रही बिभिन्न ३ यूएईको र ३ नेपालको मिडियाहरु मिडिया पार्टनर रहनेछ ।
यस पत्रकार सम्मेलनमा नेवाः पुचःका उपाध्यक्ष राजेश प्रधान, भबिबल प्रतियोगिता उप-संयोजक एवम सदस्य रवि शाही, सदस्य मनोज प्रसाद श्रेष्ठ को उपस्थिति रहेको थियो ।
July 31, 2018 4:09 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण