उत्तर पश्चिम क्षेत्रमा पर्ने पाँचपोखरीमा केबलकार बनाउन पहल शुरु
सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र पाँचपोखरीमा केबुलकार सञ्चालन हुने भएको छ । केबलकार सञ्चालन गर्ने पहिलो प्रयास अन्तर्गत प्रारम्भिक प्रतिवेदन तयार गरिएको छ । पाँचपोखरी थाङ्पालधाप गाउँपालिकामा पर्ने भोताङको छिम्ती देउरालीबाट लौरीविनायकसम्म केबुलकार सञ्चालनमा ल्याइनेछ । यसको लम्बाइ साढे ६ किमी हुने प्रतिवेदनमा उल्लेख छ । त्यहाँ जडान गरिने केबलकार देशकै सबैभन्दा बढी उचाइको हुने समेत प्रतिवेदनले जनाएको छ ।
पाँचपोखरी क्षेत्र समुद्री सतहबाट चार हजार १ ५१ मिटरको उचाइमा पर्दछ । केबुलकार निर्माण गर्न दुई अर्ब लगानी लाग्ने अनुमान छ । त्यसका लागि एक घर एक शेयरको अनिवार्य व्यवस्था गरिने गाउँपालिका र निजी कम्पनीलाई आह्वान गरिने केबुलकार व्यवस्थापन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष ङिमाछिरिङ तामाङले बताउनुभयो । उहाँका अनुसार पाँचपोखरी क्षेत्रको पर्यटन व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपेयाँ बजेट छुट्याइएको छ ।
प्रारम्भिक प्रतिवेदन पछि विभिन्न केबुलकार प्रदायक कम्पनीसँग सम्पर्क गरिएको र विशेष गरी कुमारी बैंकले लगानीको लागि रुची देखाएको गाउँपालिकाका प्राविधिक सहायक कुमार बस्नेतले जानकारी दिनुभयो । हरेक वर्षको जनैपूर्णिमाको अवसरमा भव्य मेला लाग्ने पाँचपोखरीमा यसपालीदेखि पोखरी क्षेत्रमै व्यवस्थित होटलहरु पनि सञ्चालनमा आएका छन् ।
August 1, 2018 11:17 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।