पाँडे र जिग्री चर्चित हाँस्य टेलिसियल ‘भद्रगोल’ बन्द !
नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएका विभिन्न हास्यटेलिश्रृंखला बन्द भएका छन् । हरेक रात ८ बजेको समाचारपछि प्रशारण हुने गरेका मनोरञ्जनात्मक टेलिसिरियलहरु केही हप्तादेखि प्रशारण भइ रहेको छैनन् । कार्यक्रम उत्पादकको बदमासीका कारण यस्ता कार्यक्रमहरु बन्द हुन पुगेका हुन्
मिडिया हबको नेपाल टेलिभिजनसँग सम्झौता अवधि सकिएकाले ती सबै सिरियल बन्द भएका हुन् । मिडिया हबले हास्य टेलिश्रृंखला भद्रगोल (शुक्रबार), जिरे खुर्सानी (बिहिबार) मेरी बास्सै (मंगलबार) र ब्रेक फेल (सोमबार) तथा पारिवारिक टेलिश्रृंखला परिचय (आइतबार) उत्पादन गरेर प्रशारण गर्दै आएको थियो ।
ती सिरियल प्रशारणका लागि नेपाल टेलिभिजनसँग तीन वर्षका लागि गरेको सम्झौताको अवधि सकिएपछि बन्द भएको मिडिया हबले जनाएको छ । तर त्यस्ता कार्यक्रम कहिलेदेखि प्रशारण हुन्छ भन्ने यकिन हुन सकेको छैन । राति साढे आठ बजेदेखि ४० मिनेट ती सिरियल प्रशारण हुन्थे । टेलिभिजनका लागि महत्वपूर्ण मानिने उक्त समयमा अहिले नेपाल टेलिभिजनले पुराना डकुमेन्ट्रि बजाइ रहेको छ । यो समय खरिद गर्नका लागि एनटीभीले हालै नयाँ टेन्डर आह्वान गरेको छ । मिडिया हब फेरि पनि उक्त समय खरिद गर्न तयार छ, तर मूल्य घटाउनुपर्ने उसको शर्त रहेको छ । घाटामा रहेकाले मूल्य घटाएमात्र उक्त समय किन्ने पक्षमा मिडिया हब रहेको छ ।
August 1, 2018 12:19 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।