प्रेमविवाह गरेको ९ महिनामै एकअर्काप्रति यतिसम्म बढ्यो घृणा, दुवैले सँगसँगै गरे आत्महत्या
कलिलै उमेरमा प्रेम र त्यसपछि हतारमा सानैमा गरेको विवाहका कारण एक जोडीले ज्यान गुमाउनुपरेको छ । मात्रै १८ वर्षको उमेरमा एक जोडीले सँगसँगै झुण्डिएर आत्महत्या गरेका छन् । यो जाडैले मंगलबार राती फाँसी लगाएर आत्महत्या गरेका हुन् । झारखण्डको जमशेदपुरका १८ वर्षका संजय बेंब्रम र चाँदनी टुडूले आत्महत्या गरेका हुन् । यी दुईले नोभेम्बर २०१७ मा प्रेमविवाह गरेका थिए ।
चाँदनीले मर्नुभन्दा अगाडि तीन–चार लाइनको सुसाइड नोट छोडेकी छिन् । जसमा जिन्दगीसँग घृणा भएको उल्लेख छ । प्रहरीलाई छिमेकीले बताएअनुसार चाँदनी विवाहबाट खुसी थिइनन् । उनी भन्थिन् ‘हाम्रो विवाह परिवारको दबाबका कारण भयो । एउटै कोठामा भएर पनि हामीबीच पतिपत्नीजस्तो सम्बन्ध छैन । हामी यो सम्बन्धबाट सन्तुष्ट छैनौं ।’ छिमेकीहरुका अनुसार चाँदनी संजयसँग विवाहभन्दा अगाडि अर्का एक युवकसँग प्रेम गर्थिन् र तिनै युवकको घरमा बस्थिन् । प्रहरीले परिवारसँग सोध्दा परिवारले विवाह जबरजस्ती नभएको बताएका छन् ।
मृतक संजय चैनपुरस्थित आफ्ना मामाको घरमा बस्थे । संजयका मातापिता पनि चैनपुरमै बस्थे । संजयकी आमाका अनुसार मंगलबार यी दुवै चाँदनीको मामाको घर गएका थिए । दुवै साँझ ४ बजेतिर फर्केका थिए । साँझको खाना खाएर दुवै कोठामा गएका थिए । बिहान ७ बजेसम्म कोही नउठेपछि आमाले उनीहरुलाई बाहिरबाट बोलाएकी थिइन् । बोलाउँदा पनि कोही नबोलेपछि संजयका पिताले ढोकालाई जोडले धक्का दिए । ढोका फोरेर भित्र हेर्दा दुवैको व झुण्डिएको अवस्थामा थियो ।
प्रहरीले गरेको अनुसन्धान र बरामद सुसाइड नोटको अध्ययनबाट यो आत्महत्या नै भएको मानिएको छ । उनीहरुबीच बिहेपछि नै सम्बन्ध बिग्रिएको तर उनीहरुले बाहिर कसैलाई यसबारे नभनेको पाइएको छ । यी दुइबीचको सम्बन्ध निकै खराब भइसकेको प्रहरीले प्रारम्भिक जाँचबाट अनुमान गरेको छ । यद्यपि परिवारलाई भने यसबारे थाहा थिएन । परिवारले यी दुवै खुसी रहेको मान्दै आएका थिए ।
August 2, 2018 11:29 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक