सत्तापक्ष र प्रतिपक्षको अलोकतान्त्रिक प्रवृत्ति उजागर भयो : नेता शर्मा
काठमाडौं, १९ साउन । नयाँ शक्ति पार्टी, नेपालका नेता कृष्ण शर्माले प्रधानन्याधीशको संसदीय सुनुवाई प्रकरणबाट सत्तापक्ष र प्रतिपक्ष दुवैको अलोकतान्त्रिक चरित्र उजागर भएको बताएका छन् ।‘संसदीय सुनुवाइ समितिको बहुमतबाट प्रस्तावित प्रधानन्यायाधीश दीपककुमार जोशीको नाम अस्वीकृत भएको छ,’ शर्मा भन्छन्, ‘विगतका फैसला, शैक्षिक योग्यता, इमानदारीता, नैतिकता र आचरणमा सार्वजनिकरूपमा प्रश्न उठ्ने जोकोहीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्नु न्यायसंगत एवं औचित्यपूर्ण हुनसक्दैन ।’
नेता शर्माले प्रधानन्यायधीश जस्तो गरिमामय पदमा सत्तापक्ष र प्रतिपक्षले समर्थन र विरोध गर्दै गणितीयरूपमा दुईतीर बाँढिनु दुःखद भएको बताए । ‘यसरी समर्थन र विरोधमा गणितीयरुपमा बाँढिएर अदालत र न्यायाधीशलाई आ-आफ्नो राजनीतिक स्वार्थ, खिचातानी र दाउपेचको थलो बनाउन खोज्नु आपत्तिजनक छ,’ उनले भने । यो प्रकरणले दुवै पक्षको अलोकतान्त्रकि चरित्र उजागर भएको उनको जिकिर छ । ‘यस प्रकरणले सत्तापक्ष र प्रतिपक्ष दुइटैको अलोकतान्त्रिक प्रवृत्तिलाई उजागर गरिदिएको छ,’ नेता शर्मा भन्छन्, ‘संसदीय शक्तिबाट विधिको शासन, निष्पक्ष र स्वतन्त्र न्यायपालिकाको मान्यतालाई फगत दलीय राजनीतिक स्वार्थ भजाउने औजार मात्र बनाईएको कुरा पुष्टि भएको छ ।’
August 4, 2018 11:19 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार