पाँच पटक मन्त्री बनेका यि सांसदले भगवान कृष्णको अनुसरण गरेर भित्र्याए ५८ श्रीमती
द्वापर युगमा भगवान कृष्णले १६०८ गोपिनीसंग सम्बन्ध गासेका थिए भन्ने कुरा हामीले कैयौ धार्मिक ग्रन्थमा सुन्दै , पढ्दै आएका छौ । तर कलियुगमा पनि भगवान कृष्णले झै आम मानिसले टन्न श्रीमती भित्राउलान त ? तर यस्तै एक घटना सार्वजनिक भएको छ । एक सांसदले ५८ वटी श्रीमती भित्र्याए भन्ने कुरा विश्वास गर्न नसकिएला तर बागुन सुम्ब्रुइ नामक ए सांसदले अन्य मन्त्री तथा सांसदले गरेको भन्दा भिन्न काम गरेर निकै चर्चा कमाइरहेका छन् । ५ पटक सम्म मन्त्री भएका बागुनले आफ्नो जीवनकालमा ५८ जना श्रीमती भित्र्याएका छन् ।श्रीमतीका धनी यी पूर्वमन्त्री तथा पूर्व सांसद् निकै सादा जीवन व्यतित गर्दथे । गर्मी होस् वा ठण्डी जिउमा केवल धोती मात्रै लगाउँदथे ।
उनले यती श्रीमती भित्र्याए कि उनलाई सबै श्रीमतिको नामसम्म याद थिएन । भारतको झारखण्ड राज्यको पहिलो विधानसभा उपाध्यक्ष बागुन सुम्ब्रुईको जून २२ मा मृत्यु भएको छ । उनका अनुसार , भगवान श्रीकृष्णको प्रेरणाले उनले ५ दर्जन ‘गोपिनी’ भित्राएका हुन् । तर कृष्णले जस्तै शोषित पीडित महिलाको उद्धार गरी आफूले पत्नी बनाएको दाबी उनको थियो । उनका अनुसार पहिले पहिले झारखण्डमा हुने हाटहरुमा आउने व्यापारीहरुले आदिवासी युवतीहरुलाई शोषण गरेर गर्भवती बनाउने गर्दथे । अन्जान व्यापारीबाट गर्भवती बनेर अलपत्र परेका युवतीहरुलाई उनले साथ दिन्थे र पत्नी बनाएर भित्राउँदथे । आफ्नो शरणमा आउने हरेक महिलालाई आफूले सधैं साथ दिएको र अर्धांगिनी बनाएर राखेको उनको भनाइ छ । त्यसरी सहारा दिएका कतिपय महिला उनीसँग जजीवनभर पत्नी बनेर बसे त कतिपय महिलाहरु मन मिल्ने अर्को पुरुष भेटेर पोइल पनि गए । जीवनमा धेरै महिला आए र गए पनि ।
August 4, 2018 1:24 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा