जानी राखौ,सबैको गन्तब्य यहि हो लोभलाभ नगर्नु होला !
हामी सबैलाई लाग्ने गर्छ कि मेरो यति धेरै सम्पत्ति छ, मेरो यस्तो चिनजान छ, मेरो यस्तो बलियो छोरा – छोरी वा आफन्त छन् । तर याद गरौँ त । के हामीलाई हाम्रो मृत्यको समयमा यिनिहरुले बचाउन सक्छन् ? आखिर जीवन छोटो छ । जतिसुकै लोभ र लालच गरे पनि एक दिन मर्नु नै छ । प्रचण्ड पुत्र प्रकाश दाहाल सँग के थिएन र ? पछिल्लो अवस्थामा मासु र रक्सि को सेवन अत्याधिक गर्ने लत बसेका प्रकाश को मृत्यु भएपछी अहिले प्रचण्ड पनि एक्लो बनेका छन् ।
युद्धकालमा प्रचण्ड ले कतिका ज्यान लिए होलान्, कति लाई घरबारविहिन बनाए होलान् तर आफ्नै छोराको पनि अकालमा मृत्यु हुन्छ भनेर सायद उनलाई सपनामा पनि बिश्वास थिएन होला । जब पशुपतिमा आफ्नो छोरालाई दागबत्ती दिंदा प्रचण्डको हात काम्यो र आँखा बाट आँशु का धारा बगे यसैले प्रमाणित गर्छ कि जीवन आखिर केहि पनि छैन ।
दिन का दिन पार्टी र मोज गर्ने अनि तरुनी र पैसाको लतले मस्त भएको हरुको पनि मृत्यु समान नै हुने गर्दछ अनि अन्तिम स्थान पशुपतिनाथ नै बन्ने गर्दछ र सडकमा बसेर मागेर खानेको पनि अन्तिम स्थान भनेको पशुपतिनाथ नै हो । जब हामि मरेर जान्छौं, यो सम्पत्ति अनि नातागोता कुनै पनि काम लाग्दैन । न हामीलाई नातागोताले बचाउन सक्छ न त सम्पत्ति ले । त्यसैले नगरौं व्यर्थको अभिमान । नगरौं अभिमान मेरो सम्पत्ति छ र मेरो यस्तो नाता छ भनेर । जीवन छोटो छ केवल सत्कर्म गरौँ र सत्कर्म ले नै जीवनको सदुपयोग गरौँ । यो बिचार यहाँहरुलाई कस्तो लाग्यो त ? आफ्नो बिचार राख्नुहोस तथा कुरा चित्त बुझे एक एक शेयर गरेर साथ दिनुहोस ।
August 4, 2018 1:27 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।