Thursday 12th February 2026

मुखभित्र फोका तथा छालाको दाग हटाउन अप्नाउनुहोस् यो उपाय

8 years अगाडी

आयुर्वेदिक औषधीय पद्दतिमा प्रयोग गरिने त्रिफला तयार गर्नमा प्रयोगमा आउने तीनवटा (हर्रो, वर्रो र अमला) मध्येको एउटा फल हर्रो पनि हो।

यो मध्यम खालको करीब २० मि सम्म अग्लो हुने पतझर खालको रुख हो। यसलाई विभिन्न औषधिका रुपमा प्रयोग गरिन्छ। आज हामी तपाईलाई हर्रोका फाइदाका बारेमा जानकारी दिदैछौँ ।

यस्ता छन् हर्रोका फाइदा

दाद आएमा : हर्रो कागतीको रसमा घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ।

जण्डिस, कमलपित्तमा : एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर बिहान, बेलुका खाने गरेमा दुई हप्तामै कमलपित्त रोग निको हुन्छ।

सानो हर्रोको टुक्रालाई पानिमा घोटेर मुख भित्र फोका भएको स्थानमा प्रतिदिन तीन पटक लगाउँनाले मुखको छाल (मुखमा आउँने खटिरा)नष्ट हुन्छ। अवस्था अनुसार यस्लाई जुनसुकै बखत खान सकिने भएपनि यस्लाई रातमा भोजन पश्चात चुस्नु राम्रो हुन्छ।सानो हर्रोलाई पानीमा भिजाउने र रातमा खाना पश्चात विस्तारै चपाएर सेवन गर्नाले पेट सफा हुन्छ र पेटमा ग्यास पनि कम हुने गर्दछ।

काँचो हर्रोको फललाई पिधेर चट्नी बनाएर एक एक चम्मचको मात्रामा तीन पटक दिनमा सेवन गर्नाले पातलो दिसा ठिक हुन्छ।हर्रोको चुर्ण एक चम्मचको मात्रामा दुई किशमिशको साथमा लिनाले अम्लपित्त (एसिडिटी) को सिकायत रहन्न। निर्मुल हुन्छ।हर्रोको चुर्ण विहान वेलुका कालो नुनको साथमा सेवन गर्नाले कफको सिकायत रहन्न। हर्रोलाई पिंधेर यस्मा मह मिलाएर चाट्नाले उल्टी आउँन बन्द हुन्छ।

          August 9, 2018 11:35 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...