Thursday 12th February 2026

पुरा पढ्नुहोस,के तपाई डिप्रेसनमा हुनुहुन्छ ? च्याउ खानुहोस र डिप्रेसन हटाउनुहोस

8 years अगाडी

बेलायतस्थित इम्पिरियल कलेज अफ लन्डनका अनुसन्धानकर्ताद्वारा गरिएको एउटा अनुसन्धानअनुसार, सिलोकाइबिन च्याउ उदासी रोग (डिप्रेसन) को उपचारमा धेरै लाभदायक हुन सक्ने ‘साइन्टिफिक रिपोर्ट’ मा प्रकाशित भएको छ । सिलोकाइबिन च्याउ डिप्रेसनले प्रभावित व्यक्तिको मस्तिष्कको मुख्य तन्त्रको कार्य प्रणालीलाई पुन: सक्रिय तुल्याउन सक्षम हुने उक्त अनुसन्धानमा उल्लेख छ ।

अध्ययनअन्तर्गत डिप्रेसनग्रस्त केही बिरामीको उपचार सिलोकाइबिन (एउटा मनोसक्रिय पदार्थ, जुन च्याउमा पाइन्छ) बाट गरे । अनुसन्धानमा ती बिरामी सामेल थिए जसको रोग पारम्पारिक उपचारका माध्यमले निको पार्न सम्भव भएको थिएन । अनुसन्धानअनुसार, उपचार गरिएको केही साता पछि सिलोकाइबिन लिने रोगीमा रोगको लक्षणमा कमी देखिन थाल्यो ।

          August 14, 2018 10:28 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...