नेपालमा ४ वर्षमा ४,४४५ महिला बलात्कृत जान्नु होस एक दिनमा कुन उमेरका कति
प्राप्त तथ्यांक अनुसार नेपालमा हरेक दिन औसत तीनजना महिला बलात्कृत हुने गरेका छन् । अन्य दुई महिलामाथि बलात्कारको प्रयास हुने गरेको छ ।तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् । बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको तथ्यांक छ ।बलात्कार प्रयासका घटना झन् बढी अर्थात् हरेक वर्ष १६ प्रतिशतका दरले बढेको छ । यो खबर आजको ‘नयाँ पत्रिका’ राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ । बलात्कारीको निसानामा धेरैजसो बालिका पर्ने गरेको प्रहरी तथ्यांकले देखाउँछ । नेपाल प्रहरीको तथ्यांकअनुसार बलात्कृत हुनेमा सबैभन्दा धेरै १० देखि १६ वर्ष उमेरका बालिका छन् ।
त्यसपछि १० वर्षमुनिका बालिका छन् । बालिका र किशोरी मात्रै होइन, वृद्धासमेत बलात्कारको सिकार भएका छन् ।चार वर्षमा मुलुकभर ४ हजार ४ सय ४५ महिला बलात्कृत भए । त्यसमध्ये १० देखि १६ वर्ष उमेरका बालिका १ हजार ३ सय १३ छन् । १० वर्षमुनिका ८ सय २० बालिका बलात्कृत भए ।
१७ देखि १८ वर्ष उमेरका ४ सय ५१ जनामाथि बलात्कार भएको छ । चार वर्षमा बलात्कृत भएका १ हजार ५ सय १६ जना भने २० वर्षमाथिका छन् ।नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले बलात्कारका घटना प्रत्येक वर्ष बढ्दै गएको बताए ।‘चार वर्षयताको तथ्यांक हेर्दा बलात्कारका घटना बढेकोबढ्यै देखिन्छ । यस अवधिमा चार हजारभन्दा धेरै पीडित भएका छन्,’ एसएसपी थापाले बताएका छन्।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।