मुख सुक्खा हुने समस्या छ ? यसरी पाउनुहोस् छुट्कारा
मुख र्यालको ग्रन्थीबाट र्यालको मात्रमा कमी भएपछि मुख सुक्खा हुने गर्छ। सामान्य अवस्थामा एउटा मानिसले दिनमा दिनमा निकाल्ने एकदेखि दुई लिटर र्यालको मात्रामा ९८ प्रतिशत पानी हुन्छ भने दुई प्रतिशत अन्य प्रतिजीवनुयुक्त तत्वहरू हुन्छ।हाम्रो मुखमा विभिन्न किसिमका मुख्यलगायत सामान्य गरेर दुई किमिसका ग्रन्थीहरू पाइन्छन्। यी ग्रन्थीहरू मुखको विभिन्न भाग जिब्रो, तालु, ओठ, गालाको मासु, मुखको भुइँ आदि ठाउँमा हुन्छन्। मुख सुक्खा हुने समस्या धेरैलाई हुन सक्छ र यसबारे कसैले गहिरो गरी सोच्ने गरेको पाइन्न। तर यसबारे जानकारी राख्नु र चासो लिनु निकै आवश्यक छ।
मुख सुखा हुने विभिन्न कारणहरू हुन्छन्। तीमध्ये केही कारणहरू निम्न छन्ः
१) पहिलो कारण हाम्रो शरीर जलविहीन हुनु,
२) यदि हामी कुनै कुराले डराएको वा आत्तिएको अवस्थामा छौं भने र्याल आउनु,
३) कुनै औषधिको सेवन जस्तै डिप्रेसन अथवा कुनै काम गर्न कमजोर तथा शिथिल हुने अवस्थाविरुद्ध प्रयोग गरिने औषधि, हिसटामिनको प्रभाव निस्तेज पार्ने औषधि पिसाब गराउने औषधि आदि कारणले,
४) नाक बन्द भएको अवस्थामा निदाएको बेला, मुखबाट सास फेर्नाले,
५) मधुमेह रोगका कारण,
६) टाउको र घाँटीको विकिरण चिकित्सा,
७) जोग्रेन सिन्ड्रोम,
८) रजस्वला रोकिने समयमा,
९) चुरोट, खैनी, जाडरक्सीको सेवनले,
१०) टाउको घाँटीको भागमा कुनै नसा च्यातिएमा,
११) ज्वरो आउनाले, धेरै पसिना बग्नाले, रगत धेरै नोक्सान हुनाले, धेरै उल्टी आउनाले हाम्रो शरीरमा जलको मात्रा कम हुनाले,
१२) शल्यक्रिया गर्दा र्यालको ग्रन्थीमा चोट पुग्नाले आदि ।
विभिन्न कारणले मुख सुक्खा हुने समस्या देखापरे पनि यस अवस्थामा एकै किसिमका लक्षणहरू देखा पर्छन् । मान्छे आफूलाई नै मुख निकै सुक्खा, टाँसिने खालको भएको अनुभूति हुन्छ। छिनछिनमा पानी तिर्खा लाग्ने, घाँटी सुक्खा भएको महसुस हुने, नाक सुक्खा हुने पनि गर्छ।साथसाथै सुक्खा मुख भएका मानिसलाई सास गन्हाउने समस्याले समेत सताउने गर्छ। अरू समस्यामा ओठ सुन्निनु वा चिरिनु, जिब्रोमा स्वाद नहुनु, जिब्रोमा दुखाइ हुनु, बढी मात्रामा पानी तिर्खा लाग्नु, मुखमा घाउ आउनु, दाँतमा लिपिस्टिक टाँसिनु गिजाको रोग बढी देखिनु, दन्त सडनको समस्या देखा पर्नु, बोल्दा, खाने बेलामा, खाना निल्न, चपाउन समस्या हुनु, नक्कली दाँत लगाउने व्यक्तिहरूलाई यस्तो दाँतमा समस्या देखा पर्नु च्यापच्याप गर्ने बाक्लो र्याल निस्किनुलगायत अन्य थुप्रै लक्षणहरू देखा पर्न सक्छ।
यस्तो समस्या समाधानको लागि विभिन्न किसिमका उपचार पद्धतिहरू छन्। यी उपचारका तरिकाहरू यस रोगका विभिन्न कारकमा भर पर्ने गर्छन्। चुरोट, सुर्ती, खैनीको सेवन आजैबाट बन्द गर्नु राम्रो हो। यदि कुनै रोगका कारण सेवन गरिरहेको औषधिले मुख सुक्खा गराउने समस्या भइरहेको छ भने सो औषधिको मात्रा कम गर्न सकिन्छ वा अन्य कुनै सोही किसिमको औषधि दिन सकिन्छ। र्यालको मात्रा सही गराउने औषधि पनि दिन सकिन्छ।मुख सुक्खा हुने समस्या भएकाले दाँत र मुख स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्छ। यसमा दन्तलेउ र दन्तपथर हटाउने, गिजाको रोगको उपचार गराउने, नियमित रूपमा दाँत माझ्ने आदि गर्नुपर्छ। दिनभरि पटकपटक पानी पिउने, जाइलिटोल भएको चिनीरहित गुँद चपाउने, मुख कुल्ला गर्ने औषधि प्रयोग गर्ने, अम्लयुक्त खानेकुराको सेवन कम गर्ने व्यवहार परिवर्तन गर्ने गर्दा निकै फाइदा पुग्छ।
लेखक डा रोशिना भट्टराई कान्तिपुर डेन्टल हस्पिटलमा कार्यरत छन्।
August 19, 2018 11:15 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण