नेपालमै घट्यो यस्तो घटना : श्रीमान श्रीमती एउटै चितामा, कसरी भयो यस्तो ?
बाँकेको राप्ती सोनारी गाउँपालिको शम्शेरगञ्जमा बसको ठक्करबाट २ जनाको मृत्यू भएको छ । आइतबार नेपालगञ्जबाट दाङ तर्फ जादै गरेको भे ५ प ४२४ नम्बरको मोटरसाइकललाई ना ४ ख ५६५३ नम्बरको बसले शम्शेरगञ्जमा ठक्कर दिदा सो दुर्घटना भएको थियो । मृत्यू हुनेमा मोटरसाइकलमा सवार दाङ शान्तिनगरका ढक बहादुर केसी र उहाँकी श्रीमती सिता केसी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
श्रीमानको दुर्घटनास्थलमा नै मृत्यू भएको थियो भने श्रीमतीको उपचारका क्रममा आज बिहान भारतको लखनउमा मृत्यू भएको थियो । सिता शान्तिनगर ३ स्थीत विपि उमावि वयालेकी पूर्व विद्यालय व्यवस्थापन समितीकी अध्यक्ष समेत हुन् ।शोकमा आज एक दिन विद्यालय बन्द हुने भएको छ । गाडी र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ । मृतक श्रीमान श्रीमतीको शव भेरि अञ्चल अस्पतालमा पोष्टमार्टम गरेर आजै दाङ लगिने प्रहरीले बताएको छ।
August 22, 2018 4:51 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।