‘बाहुनसँग विवाह गरेर पछुतो भयो अब आफू भन्दा कान्छो दलितसँग विवाह गर्छु’ -मिना ढकाल
मनोज गजुरेलसँग सम्बन्ध विच्छेद गरेर चर्चामा आएकी मिना ढकालले आफु भन्दा कान्छो दलित केटासँग विवाह गर्ने इच्छा भएको बताएकी छिन् । उनले एक युट्युब अन्तरवार्तामा आफू भन्दा ठुलोसँग विवाह गरेर पछुतो भएको भन्दै आफू भन्दा कम उमेरको दलितसँग विवाह गर्ने इच्छा भएको बताएकी हुन् । अन्तर्वार्तामा आफूलाई धेरैको प्रस्ताव आएको बताएकी छिन् ।धेरैको प्रस्ताव आए पनि उनले अफूभन्दा परिपक्वसँग र धनिसँग विवाह नगर्ने बताएकी छिन् । विवाहको बारेमा प्रश्न गर्दा उनले भनिन् ‘आफूभन्दा ठुलो उपाध्याय बाहुनसँग विवाह गरे अहिले यस्तो भयो ।
अब बरु हुन सक्छ भने आफु भन्दा कान्छो दलितसँग विवाह गर्न चाहन्छु ।’ आफु भन्दा धेरै कान्छो पनि होइन ४/ ५ वर्ष कान्छोसँग विवाह गर्ने बताइन् उनले आफ्नो सोच आफु भन्दा कम उमेरकोसँग मिल्ने भएकाले कम उमेरकैसँग विवाह गर्ने बताइन् उनले समाजको लागि विवाह परिवर्तन गर्न लागेको बताइन् । उनले जात-भात, धनी-गरिब केही पनि नछुटाउने र आफूसँग मन मिल्यो भने विवाह आफु भन्दा कम उमेरकोसँग गर्न तयार रहेकी समेत बताइन् । उनले भनिन्, ‘ आफु भन्दा परिपक्व र धनीसँग विवाह गरे भने डोमिनेन्ट भइन्छ । अब अरूको कपडा धुन, काम गर्न जान सक्दिन ।’
बुटिक सञ्चालन गर्दै आएकी मिना पछिल्लो समय गीत संगीतको क्षेत्रमा समेत सक्रिय रहेकी छिन् । उनले हालै तीज विशेष गीत बजारमा ल्याएकी थिइन् र अन्य दुईवाटा गीत पनि बजारमा आइसकेको छ । गीतमा उनलाई माया गर्ने र गाली गर्नेको जमात बराबरि नै छ भन्दा फरक नपर्ला ।मिनाले लेखन पनि शुरु गरेको बताएकी छिन् । उनीद्वारा लिखित पहिलो किताब दशैँ र तिहारको बिचमा विमोचन हुने समेत बताएकी छिन् । उनले एउटा फिल्म बनाउने समेत बताइन् । सामाजिक सञ्जालमा कमेन्टहरू धेरै आए पनि उनले त्यो कमेन्टहरू पढेर समय बर्बाद नगर्ने बताइन् ।
August 24, 2018 2:02 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।