यो तेलमा झुक्किएर पनि नबनाउनुहोस् खाना, कहीँ खाना नै विष नबनोस्
एजेन्सी। नरिवलको तेल खाने हिसाबमा स्वास्थ्यका लागि राम्रो भनिन्छ । तर एक नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा आशंका जन्माएको छ । हार्वर्ड युनिभर्सिटीको टिएच चेन स्कुल अफ पब्लिक हेल्थका प्रेफेसर केरिन मिशेल्सले दावी गरेका छन् कि नरिवलको तेल खानामा सामेल गरिने चीजहरुमा सबैभन्दा खराब चीजमध्ये एक हो ।
‘कोकोनट आयल एण्ड न्युट्रिसनल इरर’ विषयमा एक लेक्चरका क्रममा प्रोफेसर मिेल्सले नरिवलको तेललाई पूर्णतया विष भनेका छन् । उनले भने ‘यो तेलमा सेच्युरेटिड फ्याटको मात्र अधिक हुन्छ जो स्वास्थ्यको लागि हानीकारक छ ।’ उनका अनुसार सेच्युरेटिड फ्याटको अधिक मात्राले हाम्रो धमनीमा रक्तप्रवाह रोकिदिन्छ ।
नरिवलमा ८० देखि ९० प्रतिशत सेचुरेटिड फ्याट हुन्छ जुन नौनीमा भन्दा पनि बढी हो । नौनीमा ५१ प्रतिशत सेचुरेटेड फ्याट हुन्छ । यदि कासैले निरन्तर नरिवलको तेलको सेवन गरेका उसको शरीरमा सेचुरेटेड फ्याट अत्याधिक हुन्छ । त्यसैले नियमित यो तेलको सेवन गर्नु खतरनाक हुन्छ । डाक्टरहरुले नरिवलको तेलसँगै बीचबीचमा अन्य तेलको पनि सेवन गर्नु उचित हुने बताएका छन् ।
August 26, 2018 10:53 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण