एजेन्सी । बेल एक फल हो यसको पातलाई पुजा आजामा प्रयोग गरिन्छ भने फललाई पाकेपछि खाने पनि गरिन्छ । बेल गर्मी महिनामा जुस बनाएर खाँदा निकै फाईदा जनक हुन्छ। बेल खानुका फाईदा :
– बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ ।
– बालबेल भनेको काँचो चाना पारेर सुकाएर राखेको बेल हो, जसलाई कुटेर बिहान–बेलुका एक–एक चम्चा काँडा पकाएर खाने गरे पेट सम्बन्धी सम्पूर्ण रोगहरु ठीक हुन्छ।
– जतिसुकै कडा र पुरानो आउँ रगत परेको छ भने पनि बालबेलको काँढा बिहान–बेलुका सेवन गरेमा तीन–चार दिनमै ठीक भएर आउँछ।
– अमिलो पानी आउने, चिया खानै नहुने रोगीले पनि नियमित बालबेलको चिया खाने गरेमा पित्तको रोग ठिक हुन्छ र यसले धित पनि मार्छ।
– बेलको एक मुठी पात पानीमा पिनेर मिस्री हालेर खाएमा जस्तो सुकै दिसा–झाडा लागेको पनि तीन–चार मात्रामै ठीक हुन्छ। – बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान/बेलुका खाने गरेमा दमको रोग समन हुँदै जान्छ।
– गिजा दुख्ने, पाक्ने भएमा बेलपत्रको धूलोमा तोरीको तेल तीनरचार थोपा, नुन एक चिम्टी र एक चिम्टी बेसार हालेर औंलाले बिस्तारै गिजामा मालिस गर्ने र तातो पानीले केही दिन कुल्ला गर्ने गरेमा दशरपन्ध्र दिनमै ठीक हुन्छ।
– आधा चम्चा बेलको फूल पानीसँग खाने गरेमा एकरदुई मात्राले नै वमन रोक्न मद्दत हुन्छ।



