गोसाइँकुण्डको भेटी सार्वजनिक
8 years अगाडी
Susma Dhakal
रसुवा, १४ भदौ : जनैपूर्णिमा पर्वमा गोसाइँकुण्डमा भक्तजनले चढाएको भेटी सार्वजनिक भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार भक्तजनले चढाएको भेटी नेपाल प्रहरीको रोहवरमा गणना गर्दा रु एक लाख ४१ हजार ६०० सङ्कलन भएको र सो भेटी गोसाइँकुण्ड महादेवका नामबाट खोलिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिको नाममा दाखिला गरिएको हो ।
गोसाइँकुण्ड मेला भर्न आएका सबै तीर्थयात्रु आफ्नो गन्तव्यतर्फ फर्किसकेको र कुण्डदेखि धुञ्चेसम्म मेला भर्ने सबै यात्रु गन्तव्यतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गोसाइँकुण्ड मेला शान्त वातावरणमा सम्पन्न भएको हो । गोसाइँकुण्ड मेलामा लेक लागी जटिल अवस्थामा पुगेका नौजनालाई नेपाली सेनाले उद्धार गरेको थियो ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...