बेपत्ता छोराकी आमा भन्छिन् : अहिले पनि छोरा फर्केर आउँछ कि भन्ने आश लाग्छ
रोल्पा – आज ३५ औँ अन्तर्राष्ट्रिय बेपत्ता दिवस हो । सन् २०१० पछि संयुक्त राष्ट्र संघले हरेक वर्ष बेपत्ता पारिएकाहरुको सम्झनामा अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाउँदै आएको छ ।
नेपालमा पनि सशस्त्र द्वन्द्वका बेला सयौँ नागरिक बेपत्ता पारिएका छन् । तर उनीहरुको अवस्था बुझ्नका लागि राज्यले विशेष पहल गरेको देखिँदैन ।
यसै सन्दर्भमा दश वर्षे सशस्त्र द्वन्द्वको उद्गम जिल्ला रोल्पाका बेपत्ता पारिएका व्यक्तिका परिवारहरुले आफ्ना सदस्यको अवस्थाबारे जानकारी दिन सरकारसँग माग गरेका छन् ।
शान्ति प्रक्रिया सुरु भएको १२ वर्ष बितिसक्दा पनि सरकारले बेपत्ता पारिएका आफन्तहरुको बारेमा खोजबिन गर्न बेवास्ता गरेको भन्दै पीडितहरुले गुनासो गरेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि बेपत्ता छानबिन आयोग गठन भए पनि अहिलेसम्म आयोगले उजुरी लिने बाहेक कुनै काम गर्न नसकेकोमा आफूहरु निराश बनेको पीडितहरुले बताएका छन् ।
सरकारले आफ्ना बेपत्ता आफन्तको बारेमा तत्काल छानबिन गरी उनीहरुको अवस्थाबारे जानकारी दिनुपर्ने द्वन्द्वपीडित मेघमाली बुढाले बताउनुभयो । सशस्त्र द्वन्द्वका क्रममा आफ्नो छोरालाई बेपत्ता पारिएको बताउँदै उहाँ भन्नुहुन्छ, ‘अहिले पनि छोरा फर्केर आउँछ कि भन्ने आश लाग्छ ।’ बुढाले द्वन्द्वका क्रममा श्रीमान पनि गुमाउनु भएको छ ।
रोल्पा जिल्लामा सशस्त्र द्वन्द्वको समयमा १ सय १७ जना व्यक्ति बेपत्ता पारिएको भन्दै आफन्तहरुले खोजबिनको लागि बेपत्ता छानबिन आयोगमा उजुरी दिएका छन् ।
आयोग गठन भएको ४ वर्ष पुग्न लाग्दा समेत पीडितहरुको उजुरीमाथि छानबिन हुन नसक्नु दुखद विषय रहेको मानवअधिकारकर्मी खेम बुढाले बताउनुभयो ।
बेपत्ता पारिएका व्यक्तिको बारेमा विस्तृत शान्ति सम्झौतामै पीडित परिवारलाई न्याय दिलाउनु भनिएकाले पनि यसबारे सरकारले आयोग गठन गर्ने मात्र नभई आयोगका लागि सम्पूर्ण कानुनी प्रावधान बनाई तत्काल पीडितहरुको उजुरीलाई किनारा लगाउनु पर्ने उहाँको भनाई छ ।उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।