हामीलाई रेल होइन, सडक चाईयो सरकार ! हेर्नुहोस कति दिन यो डोलीमा चढाएर गाउ लानु !
सरकार दिनहुँ आर्थिक समृद्धिको कुरा गरिरहेको छ । जनतालाई सुखी र समृद्ध बनाउने कुरा नै सरकारका प्रमुखदेखि मन्त्रीसम्मले रटान दिँदै आएका कुरा हुन् । समृद्धिको सपना नदेखी विकास आउँदैन । सरकारले मात्र होइन, जनताले पनि सपना समृद्धिकै देख्नुपर्छ । सपना मुलुकको कायापलट कसरी गर्ने भनेरै देख्नुपर्छ ।
सपना रेल र पानीजहाज, पर्यटन र पूर्वाधारकै देख्नुपर्छ । तर, राजनीतिक नेतृत्वले ठूलाठूला सपना देख्दा कतै भुइँमान्छेका सपना मर्ने पो हुन् कि भन्नेतर्फ थोरै भए पनि ख्याल गर्नु जरुरी छ । अहिलेको सरकारको उच्च नेतृत्वले ठूला सपना देख्दा जनता साना तर महत्वपूर्ण सपना देख्नै पनि नसक्ने हुन् कि भन्ने आशंका जन्मिन थालेको छ ।
हाम्रा सपना निकै पुराना हुन् । तर सपना संघीय गणतन्त्रको कार्यान्वयन हुँदाबाट अझ बढी देखिन थालेका छन् । सरकारले सधै झैँ रेल अनि पानिजहाजको सपना बढ्दै आएको सबैलाई थाहा भएकै कुरा हो । गाउ बस्तीमा हिलो संग खेल्दै गाडी गुडाउने सडक छन् । ति सडकमा नेपाली जनताहरु सास्ती खेपी रहेका छन् ।
कयौ सडक हिलाम्मे भएका कारण दुर्घटना समेत हुने गरेको छ । सामाजिक संजाल सडकको दुर्दशा भएको विभिन्न प्रकारको भिडियो हामीले देख्ने गर्छौ । यस्तै अहिले एउटा भिडियो भाइरल भएको छ । भिडियोमा मोटर साइकललाइ गाउलेले जंगलको बाटो हुदै बोकेर लादै गरेको देख्न सकिन्छ । उक्त भिडियो रसुवाको धुन्चे त्रिशुलि खोलाको हो ।
September 2, 2018 10:58 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।