रोल्पामा दाइबाट ६ वर्षिया बहिनी बलात्कृत
रोल्पा, १७ साउन । रोल्पामा एक ६ बर्षीया बालिका बलात्कृत भएकी छन् । रोल्पा नगरपालिकामा दाइबाट बहिनी बलात्कृत भएकी हुन् ।१५ बर्षीय किशोरले ६ बर्षीया बहिनीको बलात्कार गरेका हुन् । घटना १२ दिन अघिको भएपनि बालिकाले डरका कारण बाहिर नल्याएको पारिवारिक स्रोतले बताएको छ । बलात्कृत बालिका बिरामी भएको र बिजुवार प्युठानमा चेकजाँचका क्रममा डाक्टरले थाहा पाएपछि मात्रै यो घटना बाहिर आएको हो ।
शुक्रबार बेलुका जिल्ला प्रहरी कार्यालय रोल्पाबाट गएको टोलीले अनुसन्धान पछि बलात्कार भएको पुष्टि भएको ईन्सपेक्टर सुदर्शन पन्थीले जानकारी दिए । किशोर र बालिका दिदी बहिनीका छोरा छोरी हुन् ।आरोपित बालकलाई बाल सुधारगृह पठाइने इन्सपेक्टर पन्थीले बताए ।
यसैबीच पछिल्लो समय जबरजस्ती करणीका घटना बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार अघिल्लो वर्षमात्रै १४ सय ८० उजुरी प्रहरीमा दर्ता भएको छ । प्रहरीसम्म नआइपुगेका घटना यो भन्दा बढि हुन सक्ने अनुमान गरिएको छ ।
September 2, 2018 11:12 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।