बहिरियो यस्तो दर्दनाक घट्ना, हजुरबुवाले तीन वर्षदेखि घरमै बन्धक बनाएर नातिनीको बलात्कार
एक हजुरबुवाले १३ बर्षीया बालिकाको तीन बर्ष देखि बलात्कृत भएको खुलासा भएको छ । कोहलपुरकी १३ वर्षीया बालिका तीन वर्षदेखि निरन्तर बलात्कृत हुँदै आकि हुन् । परिवारकै सदस्यलाई यसबारे जानकारी हुँदा पनि उनी निरन्तर बलात्कृत हुँदै आएको खुलासा पीडितका दाजुले गरेका छन्।बहिनी बलात्कारको पीडाले विक्षिप्त भएपछि बल्ल प्रहरीसमक्ष पुगेको दाजुले बताएका छन्। ‘मैले आन्टी काकी लाई पटक(पटक भनेकी थिएँ, काकीले चुप लाग भन्नुभयो। हजुरबुवाले कतै भनिस् भने मार्दिन्छु भन्नुहुन्थ्यो, त्यसैले केही बोलिनँ’, बहिनीको भनाइ उद्धत गर्दै उनले भने।
उनी पहिलो पटक १० वर्षकी हुँदा बलात्कृत भएकी थिइन्। नातिनी बलात्कार गर्ने हजुरबुवालाई परिवारका सदस्यहरूले नै संरक्षण गर्दै आएको खुलासा भएको हो। परिवारका अरु सदस्यलाई बलात्कारबारे जानकारी भए पनि आफूलाई धम्क्याएर तर्साएर सार्वजनिक गरे मारिदिने भन्दै जघन्य अपराध दबाउन हजुरबुवाले नै दबाब दिएको पीडित किशोरीको भनाइ छ। आफू १० वर्षको हुँदा २०७२ सालमा हजुरबुवाले पहिलो पटक बलात्कार गरेको र त्यसयता लगातार हजुरबुवाले घरमै बन्धक बनाइ बलात्कार गर्दै आएको उनले बताएकी छन्।
बन्धक बनाएर बलात्कार गरेपछि पीडित मानसिक समस्याग्रस्त भएकी छन्। परिवारले मानसिक समस्याग्रस्त पीडितको भारतमा उपचार गराएको थियो। उनका दाजुले पछि पनि उस्तै समस्या देखिएपछि दाङको अस्पतालमा उपचार गराएका थिए। उपचारलगत्तै पीडित फेरि बर्बराउने, मान्छेलाई झम्टने, न्याय देऊ नत्र आत्महत्या गर्छु भन्ने जस्ता असामान्य व्यवहार देखाउन थालेकी थिइन्।नातिनी बलात्कार गर्ने हजुरबुवालाई परिवारका सदस्यहरूले नै संरक्षण गर्दै आएको खुलासा भएको हो।
यस्तो व्यवहार हिंसा वा बलात्कारको सिकार भएका व्यक्तिले देखाउने भन्दै स्वाथ्यकर्मीले उनको स्वास्थ्य परीक्षण गरेका थिए। परीक्षणमा उनीमाथि बलात्कार भएको पुष्टि भएको उनका दाजुले बताएका छन्। थप उपचारका लागि भैरहवामा गरिएको स्वास्थ्य परीक्षणमा पनि उनी बलात्कृत भएको पुष्टि भएको थियो।
September 4, 2018 12:57 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।