Thursday 12th February 2026

जानी राखौ,क्यान्सर लगायत यि कैयौँ रोगहरुका लागी अमलाले गर्छ औषधीको काम !

7 years अगाडी

अमला एउटा यस्तो फल हो जसका कैयौँ फाइदाहरु हुन्छन् । जानकारहरुका अनुसार एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ  भिटामिन सीका अन्य स्रोत जस्तै कागती वा सुन्तला हावा वा घामको सम्पर्कमा आएपछि यसमा पाइने भिटामिन सी कम हुन्छ तर अमला एउटा यस्तो स्रोत हो जसमा भिटामिन सी सधै रहिरहन्छ ।

अमला क्यान्सरजस्तो प्राण घातक रोगका लागी पनि अमृत सिद्ध सावित हुन्छ । अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ । त्यस्तै अमला मुटुको समस्याका लागी पनि अति उपयोगी हुन्छ । यो खाँदा नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ ।

मलामा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरिरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ। अमला खाँदा शरिरमा मेटाबोलिजम बढ्छ र तौल निकै तिब्र रुपमा कम हुन थाल्छ । अमलामा फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । यो खाँदा कब्जियतको समस्या हट्छ । अमलामा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरिरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ। यसले अनुहारको चमकमा पनि परिवर्तन ल्यादिन्छ । यो खाँदा शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ ।

          September 5, 2018 12:24 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...