एनेर्जी ड्रिङ्कभन्दा केरा खानु राम्रो,यस्ता छन् फाइदाहरु !
खेलाडीका लागि ‘स्पोर्ट्स ड्रिङ्क’भन्दा पनि केरा राम्रो रहेको एक अध्ययनले देखाएको छ । खेलाडीले खेलका क्रममा उपभोग गरेका कार्बोहाइड्रेटको प्रभावबारे गरिएको अनुसन्धानमा अनुसन्धानकर्ताले केरामा पीडानाशक गुण रहेको पत्ता लगाएका थिए । केरा बिक्रेता कम्पनी डोल फुड्सको सहयोगमा भएको अनुसन्धानले यो तथ्य पत्ता लागेको हो । प्रमुख अनुसन्धानकर्ता डेभिड निम्यानका अनुसार स्पोटर््स ड्रिङ्कको विकल्प खोज्नेहरुका लागि केरा उपयोगी छ । तर, शारीरिक अभ्यासका दौरान कति केरा खाने भन्नेबारे वैज्ञानिकहरुले त्यति स्पष्ट पारेका छैनन् । शारीरिक अभ्यासका क्रममा केरालगायतका फलफूलले पार्ने असरबारे भने उनीहरु अध्ययन गर्ने योजनामा छन्
के पाइन्छ केरामा ? : केरामा भिटामिन र खनिज प्रचूर मात्रामा पाइन्छ । यसमा पाइने भिटामिन सी, भिटामिन बी, रिवोफ्लाबिन, फोलेट, प्यान्टोथेनिक एसिड र नियासिनका कारण अन्य फलभन्दा उत्कृष्ट फल मानिन्छ। यसमा पोटासियम, म्याग्नेसियम, तामाजस्ता खनिजहरु पनि प्रचुर रुपमा पाइन्छ । यो फाइबर र प्रोटिनको असल स्रोत पनि हो । केरालाई विभिन्न स्वास्थ्य समस्यामा लाभदायी मानिन्छ । केरामा चिल्लो पदार्थ नहुने भएकाले तौल घटाउँछ । हड्डी मजबुत पार्छ ।
यस्तै, यसले पायल्सको समस्या हटाउँछ भने फाइबरको मात्रा प्रचुर हुने भएकाले कब्जियत हटाउँछ र दिसा सजिलै गराउँछ । यसले आन्तरिक पाचन प्रणालीमा पनि सुधार गर्छ र ‘कोलोरेक्टल क्यान्सर’ हुन दिँदैंन । लामो समयदेखि केरा ‘एन्टासिड’ खाद्य पदार्थका रुपमा प्रयोग हुँदै आएको छ । यसमा पाइने तत्वले पेटका कोषिकाको क्रियाकलापलाई बढाइदिन्छ र एसिड बन्न दिँदैन । यसले अल्सरको विकासमा कारक मानिएका पेटका खराब ब्याक्टेरिया नष्ट गर्छ । साथै, केरालाई दृष्टि शक्तिका लागि पनि फाइदाजनक मानिन्छ भने पोटासियमको राम्रो स्रोत भएकाले मुटुरोगी फाइदा गर्छ । यस्तै, उच्च रक्तचाप घटाउन मद्दत गर्छ । केरामा उच्च आइरन हुने भएकाले यसको सेवनले रक्तअल्पता हुन दिँदैन ।
September 5, 2018 12:51 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण