वर्षौंदेखि छोरीले भन्थिन् ‘मम्मी हाम्रो घरमा अरु कोही पनि बस्छ’ तर आमाले पत्याउँदैनथिन्
एजेन्सी। इङल्याण्डमा एक महिलाले इन्टरनेटको माध्यमबाट आफ्नो पुरानो घरको फोटो हेर्दै थिइन् । यो घरमा केही वर्ष अघिसम्म उनी आफ्नी छोरीसँग बस्थिन् । फोटो हेर्दै जाँदा उनले त्यो खाली घरको झ्यालमा उनले यस्तो चीज देखिन् कि उनको सातोपुत्लो उड्यो । ती महिलाले त्यो झ्यलमा एक भूतजस्तै बच्चाको अनुहार देखेकी थिइन् । उनी यसकारण डराइन् किनकि केही वर्ष पहिले उनी त्यो घरमा बस्दा उनकी छोरीले त्यो बच्चाको कहानी सुनाइरहन्थिन् । छोरीले त्यो बच्चा उनीहरुसँगै त्यही घरमा बस्ने बताउँथिन् तर महिलाले छोरीको कुरा पत्याउँदिनथिन् ।
साउथ लेंकारशायरमा बस्ने ३१ वर्षकी महिला इलन म्याकमोनागलले हालै आफ्नो हेमिल्टनस्थित घरबाट गुगल स्ट्रिट भ्यूको माध्यमबाट अलेक्जेण्ड्रियास्थित आफ्नो पुरानो घरको फोटो हेर्दै थिइन् । यही क्रममा उनले आफ्नो पुरानो खाली घरको झ्यालमा बच्चाको अनुहार देखिन् ५ वर्षअघि उनी यो घरमा बस्दा उनकी तीन वर्षकी छोरी हेलीले बेलाबेलामा यो बालक जोनीको बारेमा कुरा गर्थिन् । जब उनले स्ट्रिट भ्यूमा बालकको अनुहार देखिन् तब बल्ल उनलाई छोरीको कुरा विश्वास भयो ।
September 5, 2018 1:02 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक