सेयर गरौ,पशुपतिनाथमा ‘कलि’को मूर्ती पुरै निस्किएपछि संसार ध्वस्त हुने !
हिन्दूकाशास्त्रमा उल्लेख भएअनुसा ब्रम्हाण्डमा चार ओटा युग हुन्छ । पहिलो सत्य युग दोस्रो द्वापर युग तेस्रो त्रेता युग र चौथो कलि युग । हिन्दुलाई मान्ने हो भने अहिलको सयम कलियुग अन्तर्गतको कालखण्ड हो । जसलाई शास्त्रले अन्तिम युग भनेको छ । तर, विभिन्न पुराणहरुमा युगहरुको समय फरक फरक उल्लेख छन् । चार युग मध्येको पहिलो युग सत्य युग हो । धर्मशास्त्रहरुमा कलियुगपछि पुनः सत्य युगको शुरुवात हुने उल्लेख छ ।
कलि युगको अन्त्यसँगै संसार ध्वस्त हुने र नयाँ संसार श्रृजना हुने विश्वास गरिन्छ । कलि युग ४ लाख ३२ हजार वर्षको हुने उल्लेख गरिएको छ । तर, यो युगको समय पनि शास्त्र अनुसार फरक छन् । १२ सय दिव्य वर्षको एक कलियुग मानिएको छ । कलियुग चौथो युग हो । शास्त्रहरुका अनुसार महाभारत युद्ध ३१३७ ईसा पूर्वमा भएको थियो । कृष्णको यो युद्धको ३५ वर्षपछि देहान्त भएको थियो, जसपछि कलियुगको आरम्भ भएको विश्वास लिइन्छ।
कलि युगमा भगवान विष्णुको दशौं अवतारको रुपमा कल्किको प्रभाव रहेको विष्णु पुराणमा उल्लेख गरिएको छ ।हिन्दुहरुको अराध्यदेव पशुपतिनाथ मन्दिरमा कलिको मुर्ति रहेको बताइन्छ । पशुपतिनाथ मन्दिरको पछाडिपट्टि ‘विरुपाक्ष’ को मुर्ति रहेको छ । यस मुर्तिलाई नेपालमा ‘कलिको मुर्ती’ का रुपमा मानिएको छ । विरुपाक्ष भगवानलाई शिवको मानवस्वरुप मानिन्छ । पशुपति जाने जो कोही पनि एक पटक विरुपाक्षको मुर्ति हेर्न पुग्छन् र कलि बाहिर निस्किरहेको बताउँछन् । श्रुतिहरुका अनुसार यो मुर्ती जमिनको सतहबाट विस्तारै माथि सर्दै आइरहेको छ ।
जब यो मूर्ती जमिनबाट पूर्णरुपमा माथि आउँछ त्यसपछि यो संसारको अन्त्य हुने विश्वास गरिएको छ । कलियुगको समाप्तिपछि यो मुर्ति फेरि जमिनमुनि पुरिने र निस्कदै जाने विश्वास गरिएको छ । पुराणहरुका अनुसार कलियुगको अन्त्य भने भगवान विष्णु कलियुगको अन्तिममा कल्किको रुपमा देवदत्त नाम गरेको घोडामा चढेर संसारमा आउने र पापिहरुको विनाश गर्नेछन् । विभिन्न धार्मिक ग्रन्थ र एजेन्सीको सहयोगमा
September 5, 2018 2:54 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।