मध्याह्नसम्म तीन लाख भक्तजनले पशुपतिनाथको दर्शन गरे
काठमाडौँ, २७ भदौ : भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका (तीज) पर्वका दिन मध्याह्न १२ बजेसम्म तीन लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा गरेका छन् । बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खोली भक्तजन प्रवेश गराइएको थियो । यस वर्ष लाम व्यवस्थित भएकाले चक्रपथको तिलगङ्गा–गौशाला–चावहिल मार्ग सवारी चलिरहेको छ । यसले गर्दा भक्तजनलाई आवतजावत गर्न सहज भएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।
दर्शन गरेका महिलाले पशुपति क्षेत्रमा तीजका गीत गाई नृत्य प्रस्तुत गरिरहेका छन् । महिलाको विशेष उपस्थिति रहेको छ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिलाको पशुपति परिसरमा भीड छ । उपत्यकाको गोकर्णेश्वर, डोलेश्वरलगायत शिवालय, उपत्यकाबाहिर धनेश्वर, कुशेश्वर, हलेसीलगायत शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो छ ।
तीजका दिन सक्नेले निराहार, नसक्नेले जलाहार र फलाहार गरी व्रत बस्ने परम्परा छ । कति भक्तजनले आजै हरितालिकाको पूजा लगाउँछन् । पूजा नलगाउनेले भाद्र शुक्ल चौँथीका दिन बिहान गोदान र पूर्णपात्र गरेपछि व्रत समापन हुन्छ । विवाहित नारीले पारिवारिक कल्याण एवं सुख शान्ति, अविवाहितले सुयोग्य वरको कामना गरी व्रत बस्ने परम्परा सत्य युगदेखि नै चली आएको धार्मिक विश्वास छ । यो व्रत सर्वप्रथम हिमालय पुत्री पार्वतीले गरी महादेव स्वामी पाएको पौराणिक कथन छ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।