कांग्रेस बल्ल संघीय संरचनामा जाँदै
संविधान बनेको झन्डै तीन वर्षपछि कांग्रेसले आन्तरिक संरचना संघीय स्वरूपअनुसारको बनाउँदै छ ।
केन्द्रदेखि निर्वाचन क्षेत्रसम्मका आठ तहका समिति बनाउने गरी विधान मस्यौदा हुँदै छ । पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने तयारी पनि कांग्रेसको छ ।
नयाँ संरचनामा बुथ समिति, प्रादेशिक निर्वाचन क्षेत्रीय समिति र प्रदेश कार्यसमिति थपिनेछन् । प्रदेश कार्यसमिति ५१ सदस्यीय बनाउने सहमति लगभग भइसकेको छ । अरू तहका समितिको संख्या र अधिकारबारे टुंगो लाग्न बाँकी छ ।
मस्यौदा समितिका सदस्य प्रदीप पौडेलले संविधानको भावनाअनुसार समावेशी र संरचनागत रूपमा कांग्रेस फेरिन लागेको बताए । ‘संविधान बनेको तीन वर्ष भइसकेको छ, तर हामीले अलि ढिलो भए पनि पार्टीका संरचनालाई संविधानको भावनाअनुसार फेर्दैछौं,’ उनले भने, ‘पार्टी संरचनाका सबै तहमा ३३ प्रतिशतको हाराहारीमा महिलाको प्रतिनिधित्व गराउनेसहितका समावेशिताका धेरै विषयलाई हामीले वैधानिक व्यवस्था गरेर जाँदै छौँ ।’ आजको नयाँ पत्रिकामा यो खबर छ ।
September 12, 2018 3:05 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण